Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

प्युठानमा १७ सय भन्दा वढी घरधुरीमा खरको छाना हटाएर जस्तापाताले छाउने तयारी थालिएको छ:सांसद पौडेल

   
459   पटक पढिएको

अर्घाखाँची। प्युठान जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद दुर्गा पौडेलको पहलमा जिल्लाका एक हजार सात सय ६ घरधुरीमा खरको छाना हटाएर जस्ताको छाना छाउने तयारी थालिएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानीयतहमा खरका छाना हटाउने अभियान थालिएको सांसद पौडेलले जानकारी दिनुभयो ।

सांसद पौडेलले शहरी विकास मन्त्रालयमा यस वर्ष २ हजार ४ सय घरधुरीको लागि माग गर्नुभएकोमा १ हजार ७ सय ६ घरधुरीको लागि स्वीकृत गरिएको छ ।

नेपाल सरकारले कार्यान्वयन कार्यविधि निर्माण गरिसकेको छ । सुरक्षित नागरिक आवास समन्वय समिति संयोजक तथा प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले बिहीबार (भदौ २५ गते) प्युठानका सबै गाउँ तथा नगरपालिका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख र सदस्य सचिवसहितको बैठक राख्नुभएको थियो ।बैठकबाट सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनका लागि आवश्यक निर्णय भएको छ ।

उक्त निर्णय छिटै कार्यान्वयन हुने बताइएको छ ।सांसद पौडेलको सचिवालयका अनुसार गौमुखी गाउँपालिकामा ५० घरधुरी, झिमरुक गाउँपालिका २०० घरधुरी, प्युठान नगरपालिका २०० घरधुरी, नौबहिनी गाउँपालिका २२० घरधुरी, मल्लरानी गाउँपालिका १६६ घरधुरी, माण्डवी गाउँपालिका १०० घरधुरी, ऐरावती गाउँपालिका ३२० घरधुरी, स्वर्गद्वारी नगरपालिका २५० घरधुरी रसरुमारानी गाउँपालिका २०० घरधुरीमा खरको छाना हटाएर जस्ताले छाउने कार्यक्रम तय गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया