Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

काठमाडौंको सडकमा एक्कासि नेपाली सेनाको जहाज गुडेपछि ..(तस्विर सहित )

   
369   पटक पढिएको

काठमाडौं,भदौ २८। शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको जहाज गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्रहालय लगिएको छ ।

भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्राहलय लगिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

जहाजलाई पाँच भागमा विभाजन गरेर खोलिएको पौडेलले जानकारी दिए । ‘आउट अफ फेज’ भएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्‍याएपछि ‘एसेम्बल’ गरिने छ ।

सडकमा सवारी चाप कम भएको मौका पारेर एयरपोर्टबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, जमल हुँदै नारायणहिटी दरवार संग्रहालय पुर्‍याइने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नारायणहिटी संग्रहालयमा राखिने नेपाली सेनाको जहाज घुम्न जाने सर्वसाधारणले हेर्न पाउनेछन् ।श्रोत - खबरहब 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया