Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

एमसीसी संसदबाट पास गर्न जरूरी छैन :भीम उपाध्याय

   
201   पटक पढिएको

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले विवादित एमसीसी परियोजना संसदबाट पास गर्नै नपर्ने बताएका छन्। उनले एमसीसी अन्य देशबाट आएको सहयोग जस्तै भएकोले संसदबाट पास गर्न जरुरी नरहेको बताएका हुन्। ‘संसदबाट पास गर्न जरूरी छैन।

यो मुलुकका अन्य प्रोजेक्टहरू जस्तै बैदेशिक सहयोगको अंश ८० प्रतिशत भएको नेपालको २० प्रतिशत भएको सामान्य विकास प्रोजेक्ट हो’ उपाध्यायले भने।

उनले एमसीसीको लक्ष्य बिजुलीको तार भारतसम्म पुर्याउने मात्र रहेको र यस परियोजनाले सडकको नगन्य अंश १०० किलोमिटर मात्र त्यो पनि अपग्रेडेशनको काम मात्रै गर्ने विषयमा पनि प्रष्ट पारेका छन्।उनले एमसीसी परियोजनामा रहेका केही शर्तहरु अवान्छनीय रहेको पनि बताएका छन्।

‘नेपालको प्रोजेक्ट नेपाल सरकारको पूर्ण नियन्त्रणमा हुनुपर्छ, पैसाको सहयोग लिने हो, अन्य शर्त अवान्छनीय छ,’ उपाध्यायले भनेका छन्, ‘सरकारले अमेरिकी सरकारसँग पुन : वार्ता गरेर सहयोग लिन हुन्छ तर यसका कुनै शर्त कानुन बनाएर लिन हुँदैन, त्यो नेपाल सरकारको अधिकार क्षेत्रको कुरा हो।’

अहिले एमसीसी परियोजनाको संसोधनसहित पारित गर्ने तयारी भरहेको छ। सत्तारुढ दल नेकपाको स्थायी कमिटिको बैठकले संसोधनसहित पारित गर्ने निर्णय नै गरिसकेको छ। ‘कोभिनेन्ट पुरा नगरे सोधभर्ना नदिन सकिन्छ जो अरू बैदेशिक सहयोगका प्रोजेक्टमा ५ दशकदेखि हुदै आएको हो ,’ उपाध्याले लेखेका छन्, ‘एउटा प्रोजेक्टका लागि अन्तराष्ट्रिय सन्धी गर्ने तरिकाले ऐनसरह हुने गरी संसदबाट एमसीसी दस्तावेज पास गर्न कदापि हुदैन। ५ वर्षका लागि वर्षेनी रू १० अर्बको पाउने जाबो रू ५० अर्बको बजेट अहिले नेपालका लागि केही पनि हैन। यसमा पनि रू १२ अर्ब नेपालले लगाउनु परेकै छ।’

नेपालमा अहिले रू ४०० अर्बको सरकारी बिकास बजेट हुने गरेको छ। यसको तुलनामा यो अमेरिकी सहयोग २.५ प्रतिशत मात्रै रहकेो पनि उपाध्याले स्पष्ट पारेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया