Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भ्रामिक! लघुकथा: सुरेशकुमार पान्डे

   
194   पटक पढिएको

भदौ २९। तल्ला घरकी ठुली बिमारी छन डाक्टर कहाँ लान लाई नता कुनै सादन छ नपैसा उन्को लोग्नेपनि बिदेश मा बस्दा रैछन,बिचरी अभागीन स-साना छोरा छोरी कस्ले उपचार गराउँने?रानाले निदार चाउरी पार्छन र लामू स्वास फेर्छन।

जस्तो सुकै रोग पनि झार फुक बाटै निको हुँन्छ! गाउँमै दग्डा लामाछ ल्याएर झाँक्रि बसाले सबै रोग निको हुँन्छ!गकुलले भन्छ।हो हुँनता जसरी भयपनि निको भय हुँने थियो दुखःपाएकिछन ठुलीले!रानाले दुखः पोख्छन।

ठुली केहि दिन देखि बिमारी छन,उन्लाई कैले जरो आउँने कैले बिसिने गर्ने रैछ।गाउँमा मेडिकलबाट लिएर खाएको औषधीले निको भैन।उस्ले ठुलीलाई सहर लगेर जचाउँनु पर्छ भन्यो।सहर जानलाई हिँडेर सकिन्न सवारी सादन पनि छैन।

मैना दिन जति भयो,तल्तिरका माईलाले आखत हेर्दा उन्लाई बोक्शी लागेको भनेका रैछन।उन्ले झारफुक गरेपछि एक दुईदिन आराम भयको थियो ठूलीले भन्छिन।देशभरी कोरोनाको कहरछ।यो बेलामा उन्लाई बिमारी के लाग्यो त्यो चैक गराउँन सहर जाने बातबर्ण बनाउँन सकेनन।सरकारी हेल्थ पोस्टमा डाक्टर छैनन पिउँनले लेखेको औषधीले उन्लाई झन बिगार गरेको थियो।त्यही भयर पिउँने बजार लगेर कोरोना जचाउँन अह्राउँछ।जति जाना भेटिन्छन उतिनै बिमारी भेटिन्छन।

बोक्सी लागेको बेलामा औषधीले काम गर्दैन हजूर झाँक्रि बसाल्नु पर्छ!भन्दै गकुल ले सुझाब दिन्छ।सए जानाका सौ कुरा हुँन्छन आफ्नो मनले देखेको मानेको गर्नु पर्छ।भन्दै राना आफ्नो गोठ तिर लाग्छन।यो गाउँमा धेरै जसो युवाहरु बिदेशमा बस्छन,कोई भारत,मलेसिया कतार लगायत खाडि मुलुकमा यँहा महिँला बाल बालिका र बृद्धाहरु बसछन।कोई त कहिलेई पनि डाक्टर नदेखेका छन।

जोरो आएपनी जेसुकै बिमारी भयपनि लामा बोलाउँने अनि झाड फुक गर्ने कति निको भए कति मरे कुनै लेखो जोखो छैन।तल फेराको घर झाँकी बाजेको रैछ उनिहरु खान दानी झाँकी कहेलाएका रैछन।ढेँग्रो ठटाई ठटाई काँप्दा रैछन।बोक्सीहरु ता एकै छिनमा चिन्नामा तोपेर देखाउँछु भन्छन झाँक्री बुढाले।टाडा टाडा बाट उन्लाई बोलाउँन आउँदा रैछन।उनलाई बोलाउँदा उन्को समान बोक्दिनु पर्ने रैछ उनले आफ्नो समान आफै बोकेर लग्दैन र ल्याउँदैनन पनि।

रमेश ले उन्को बिरोध गर्दो रैछ।हुँन ता उनैको दाई भाई को छोरा भयपनि पढे लेखेको मिलन सार होनहार युवा थियो।आफु डाक्टरी गर्न बिदेश पुगेको यँहा झारेर निको हुँन्छ भन्ने भ्रामिक प्रचार गर्नेको बिरोध गर्दा उस्लाई गाउँमा खासै राम्रो मान्दैन किनकी पुरा गआउँनै रुढीवादी आखडा बनेको रैछ।राना ठुलीका घर ठुलीलाई भेट्न जान्छन तर उ बढी सिरियस हालमा भयको देख्छ।हिँजो गकुलले भनेको कुरा याद आउँछ,तल फेराको घरमा झाँक्री बोलाउँने निधो गर्छ।

किनकी यस्तो देख्दा देख्दै छोडेर जान पनि उस्को मनले मान्दैन।यो झाड फुकमा रानाले खासै बिस्वास पनि गर्दैन।तर लाने ता काँ लाने न पैसा न सादन।एक पटक त्यो झाँक्री बसालेर हेरौँ भन्ने उन्को मनले सोँच्छ।ठुलिको लोग्ने फुनेले राना लाई देख रेख गर्न अह्राएर गयको थियो।रानाले आफ्नो जिम्मेवारी निभाउँन भयपनि एक पटक झाँक्री बोलाउँन जान्छन।बाबु झाँक्रीको घर कुनहो?रानाले नजिकै उभिएको युवा सँग सोध्छन।अंकल उ त्यो घरहो!रमेशले घर सिकाउँछ।किन खोज्नु भयो र अंकल ठुलो बालाई उँहा अहिले कतै जानु भाकोछ बस्नुस!भन्छ।

माथी फुने की स्वास्नी ठुली बिमारीछन त्यही भएर बाबु एक पटक झाँक्रि बसाल्न पर्छकी भनेको। ए ए होर?एउटा कुरा भनु म अंकल?रमेशले उनुमति माग्छ।भन बाबु!रानाले अनुमिति दिन्छन।अंकल आज देश भरी मात्रै होईन बिस्व भरी कोरोना फैलिएकोछ।यो झार फुक झा्ँक्री बसालेर समय खराब गर्नु भन्दा बरु एकपटक उँहालाई सहरमा लगेर उपचार गर्दा अलि ठिक हुँन्छकी मेरो बिचारमा!रमेशले रानालाई भन्छ।हो हुँनता मलाई पनि खासै बिस्वास छैन तर अरु अरुले भन्दा यो अबस्थामा एक पटक हेरौँ कि भनेर हो बाबु!रानाले भन्छन।

रमेश बिदेश बाट भर्खर एम बिबिएस गरेर आएको डाक्टर हो तर यँहा कुँनै साधन पनि छैन।अंकल ठुलो बा आएपछि मैले पठाई दिउँला हिँड्नुस माथि जाम बिमारी लाई मैले पनि हेर्छु केही मेरो समज आउँछ की !भन्छ।हिँड बाबु हिँड बिचरी एक मैना बाट खाट मा छे।रानाले भन्छन र दुबै जना ठूलीका घर जान्छन।

रमेशले ठुलीको अनुहार हेरेपछिनै आचार्या हुँन्छ उस्को अनुहार पँहेलो भै सकेको थियो।यस्तो लाग्थ्यो ठूलीको सरिरमा रगतनै छैन।उस्ले एउटा कापी माग्छ र केहि औषदी लेख्छ।अंकल यो औषधी मेडिकलमा पाईन्छ यो ल्याएर ख्वाउँनुस मलाई लाग्छ यँहालाई मलेरीया भयकोछ।यो दवाईले फरक परिहाल्छ होला भन्दै पर्चि दिन्छ।यदि परेन भने फेरी अरु उपाया गरौँला रमेशले कुरा थप्छ।

रानाले औषधी ल्याएर दिन्छन दुई दिन भित्रमा ठूली लाई फरक पर्छ।रमेशले समयमा चैक गरेर औषधी नदिएको भए केहि दिनमै ठूली मर्ने थिई।हेर्नुस त गाउँको अबस्था हेल्थ पोष्ट पिउँनले चलाउँछन बिमारी थाहा नपाई कोरोना हुँन सक्ने भन्छन।मानिसको मनसको थिति बुजुर्वा रुढीवादी छ।बोक्सी लागेको र झाँक्री बसाल्ने नसियत दिन्छन।

धिकार छ यो कुसँस्कार मान्छे मरेपनि के भएर मय्रो थाहानै हुँदैन!रमेशले मनैमनमा भन्छ।ठूलिलाई निको लागेपछि अहिले रमेशलाई केही घरका ले हालचाल सोध्न थालेकाछन।नत्र ता आफ्नो ठुलो बाको मात्रै होईन पुरै कुलको दोशी ठान्द थे।

(कथा काल्पनिक हो यसको कसैको निजि जिवन यो पात्रहरुको नाम सँग मिल्न गएमा मात्र सँजोग हुँनेछ)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया