Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कागती एक फाइदा अनेक, कुन रोगका लागि हुन्छ किफायती ?

   
171   पटक पढिएको

एजेन्सी - कागती एक प्रकारको रसिलो तथा अमिलो फल हो । एउटा कागतीको बोटमा ५ सयदेखि २००० दानासम्म फल्छन्। बोट लगाएको १ देखि २ वर्षमा कागतीले फल दिन थाल्छ । राम्रो हेरचाह गर्दा एउटा कागतीले २५ वर्षसम्म आम्दानी दिन्छ ।

नेपाली बजारमा वार्षिक २६ हजार टनभन्दा बढी कागती भारतबाट आउँछ । नेपालमा भने वार्षिक करिब डेढ हजार टन मात्र उत्पादन हुने अनुमान गरिन्छ ।

कागतीको प्रयोग आजभोलि निकै बढेको छ । त्यसैले कागतीले बजारमा राम्रो भाउ पनि पाउने गरेको छ । कागती खाँदा धेरै रोगका बिरामीलाई फाइदा पुग्ने गर्छ ।

कुन रोगमा कागती किफायती

दाद रोगमा

पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ । कागतीको रसमा हर्रो घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

घाँटी बसेमा

मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान-बेलुका कुल्ला गर्दा घाँटी बसेको ठीक हुन्छ ।

ओठ फुट्ने भएमा

दूधको तरमा कागतीको रस मिसाएर दिनको २–३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ । चिसोको समयमा ओठ फुट्ने समस्या भएका व्यक्तिलाई कागती निकै लाभदायी मानिन्छ ।

फियो बढेमा

कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ ।

खाएको नपच्ने भएमा

छोकडा, मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने । बिहान–बेलुका खाना खानु अगाडि साे अचार खाएमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

ढाड दुखेमा

दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारेर दुखेको ठाँउमा लगाउदा ढाड दुखेको ठीक हुन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया