Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीको भुमिकास्थान-९ मा वडाले बनाइदिएको किर्ते सिफारिशबाट राहत रकम बुझ्ने ६ जना पक्राउ

   
468   पटक पढिएको

अर्घाखाँची,भदौ ३१। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा किर्ते गरेर राहत रकम बुझ्ने ६ जना पक्राउ परेका छन् ।

नभत्किएको घरलाई भत्किएको भनी नक्कली कागजात बनाएर राहत रकम बुझ्ने ६ जनालाई प्रहरीले पक्रेको हो । नक्कली फोटा तथा नक्कली कागजात बनाएर राहत रकम लिने भुमिकास्थान नगरपालिका वडा नम्बर–९ ढिकुराका ६ जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

उनीहरुले पहिरोले घर भत्किएको भनेर भुकम्पमा भत्किएका घरका फोटो समेत राखेर नक्कली मुचुल्का तथा वडा कार्यलयको सिफारिस बनाएर जिल्ला प्रशासन कार्यलयबाट १५ हजारका दरले राहत रकम बुझेका थिए ।

वडा कार्यालयले समेत अनुगमन नगरि सिफारिश गरिदिएको हो । वडाका सचिव तुल्सिराम पोख्रेलले भिडभाडका बेला स्थलगत अनुगमन गर्न नभ्याईएको र मुचुल्काको आधारमा सिफारिश बनाईदिएको बताए ।

प्रशासनले स्थलगत अनुगमन गर्दा उनीहरुले नक्कली कागजात बनाएर रकम बुझेको भेटिएपछि पक्राउ गरी अनुसन्धान भैरहेको जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले बताएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया