Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अध्ययन,अध्यापनलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहलाई संयुक्त बिद्यार्थी संघर्ष समिति रुपन्देहीले ध्यानाकर्षण गराउने

   
78   पटक पढिएको

टेकराज भुसाल।नेपाल बिद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु (छैठौं) जिल्ला समिति रुपन्देहीको भाद्र ३० गते बसेको संयुक्त बैठकले काेभिड- १९ काे विषम परिस्थितिका कारण सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुकाे पढाइ अस्तव्यस्त भएको भन्द‌ै अध्ययन अध्यापनलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहलाई ध्यानाकर्षण गराउदै महामारीका कारण बन्द रहेका निजी स्कुलहरुले बिद्यार्थीहरु सँग अनलाइन पढाइकाे नाममा असुली गरेकाे रकम फिर्ता गरि हालसम्मकाे कुनै पनि रकम असुली नगर्न अनुरोध गरेकाे छ।

साथै संयुक्त बिद्यार्थी संघर्ष समितिले निजि बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई आधारभुत पारिश्रमिक दिन माग गर्दै बिद्यार्थीहरुलाई दिदै आएको छात्रवृत्तिकाे विवरण पुर्ण रुपमा पारदर्शिता गराउन माग गर्दै रुपन्देहीमा सञ्चालित सामुदायिक तथा निजि शैक्षिक संस्थाहरुले जारी गरेकाे बिद्यार्थी सिकाइ सहजिकरण निर्देशिका २०७७ बमोजिम अध्ययन अध्यापन गर्न गराउन सबै पक्षकाे ध्यानाकर्षण गराउदै संयुक्त बिद्यार्थी संघर्ष समिति रुपन्देहीले उल्लेखित मागहरुकाे सुनुवाइ नगरेकाे खण्डमा शुल्क असुली गरेका बिद्यालयमा तालाबन्दी गर्नुका साथै अन्य चरणबद्ध आन्दोलन गर्ने समेत चेतावनी दिएको कुरा अखिल छैठौंका केन्द्रिय सदस्य पुरन पोखरेलले जानाकारी दिएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया