Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

रुखबाट लड्दा अर्घाखाँचीमा एक जना बृद्वाको मृ'त्यु

   
1168   पटक पढिएको

अर्घाखाँची,भदौ ३१। शितगंगा नगरपालिकामा रुखबाट लड्दा एक जनाको मृ'त्यु भएको छ ।

रूखबाट खसेर शितगंगा–९ सिद्धाराकी ७१ बर्षिया हेमकला बिकको मृत्युु भएको हो । घर नजिकै खरबारीमा डालेघाँस काट्न चढेकी बृद्वा  रूखबाट करिब १० मिटर माथीबाट खसेर गम्भीर घाईते भएकी थिईन् ।

उनलाई उपचारका लागी बुटवल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।

गाडि नचलेका कारण मंगलबार साँझ रूखबाट खसेर घाईते भएकी महिलालाई ढिलो गरि अस्पताल लगिएको थियो । मृतक महिलाको श्रीमान र छोराछोरी कोहि छैनन् ।

श्रीमानले छोडेपछि पहिला देखि दिदीलाई आफुले पाल्दै आएको र मंगलबार साझँ रूखबाट खसेर दिदीको मृत्यु भएको क्वारेन्टाइनमा बसेका भाई लालबहादुर बिकले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया