Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राष्ट्रसेवामा घुम्ने कामदार : विष्णु ब. घर्ती

   
115   पटक पढिएको

(गद्य कविता)

विष्णु ब. घर्ती

स्वाभिमान राष्ट्र र समृद्ध राष्ट्रको शान
कसको हो योगदान ? कसको वरदान ?
वीरहरू हामै्र पुर्खा र बहादुर उनै पुस्ता
चढाऔँ आज उनैप्रति अगाध आस्था

संरक्षण गर्ने, सुधार गर्ने हाम्रो दायित्व
सुगन्ध भर्ने, वासना फैलाउँने स्थायित्व
नयाँ पुस्तामा बढ्दैछ देशप्रतिको वास्ता
लिम्पियाधुरादेखि बन्दैछ सुरक्षित सुस्ता

आफ्नै राष्ट्रको माया र आमाको छाँया
राख्ने हो सदासदा उनैलाई दायाँ र वायाँ
राष्ट्रमै अर्पनु छ मरेर जाने यो मेरो काया
राष्ट्रियता उँचो पार्ने रच्ने हो कृति नयाँ

राष्ट्रियता हुनुको पहिचान थप्दै लानु छ
राष्ट्र सेवा गर्दागर्दै सबैको मनमा पस्नु छ
जानु छ त्यसैमा पोसिला धेरै पान्ना जोड्दै
गाउनु छ गौरव गाथा सेवक राष्ट्रको बन्दै

न्यून वेतनभोगी कर्मचारीको कल्याणलाई
सेवाभावबाटै चिन्ने हो जनताले सरकारलाई
सेवाप्रवाह समुन्नत बनाउँने सपना छ उस्तै
धारणा बनाउँने जसले जस्तो भोग्यो त्यस्तै

राष्ट्रलाई हाँक्ने अगुवा भनेकै हाम्रो सरकार
उसलाई सघाउँने स्थायी कर्मचारी बारम्बार
राष्ट्रहीत विपरित कहिले जाला राष्ट्रसेवक ?
नविन सोंचमा लागिरहने कर्मचारीको सूचक

नङ्ग र मासुसरी हो नि सरकार र कर्मचारी
एकको आधारमा अर्को बनेको छ सदाचारी
राष्ट्रसेवकका सारा काम नै प्रगतिको आधार
अब्वल बन्दै गा’को छ प्रविधिमा गरी सुधार

समृद्धिको शिखरमा पु¥याउँने साधकहरू
सिद्धान्तको लक्ष निर्धारण गर्ने सरकारहरू
सम्झदै किस्मत राष्ट्रप्रति खाएको संकल्प
सक्षम छन् कर्मचारी खोज्नु पर्दैन विकल्प

जनताको आँगनका पुग्ने उनै राष्ट्रसेवक
चाहिए जति कार्यसम्पादन गरिदिने हरेक
सरकारको सन्देश बोक्ने भई निर्दोष सुँगा
कार्य सन्तुष्टिको सँगालेर सुम्पिदिने मुँगा

विचारशील सरकार अनि विवेकशील कर्मचारी
राष्ट्रियताको भावनालाई भरिलो पार्ने सधैभरी
राष्ट्रसेवाको मूल्य र मान्यतामा घुम्ने कामदार
सेवाग्राहीको सेवालाई बनाउँनु छ अझ दमदार

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया