Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोना रोग जितेर नियमित काममा फर्किए अर्घाखाँची सिँचाई कार्यालय प्रमुख बिष्णु भन्डारि

   
121   पटक पढिएको

एसपी भुसाल ,सन्धिखर्क।
भदौ ३१ ,अर्घाखाँचीबुलेटिन -सिँचाई डिभिजन कार्यालय अर्घाखाँची का कार्यलय प्रमुख बिस्णु प्रसाद भन्डारि कोरोना रोग सहजै जित्न सफल हुनु भएको छ ।

भन्डारिले उच्च मनोबलका साथ कोरोना रोग जितेर सामान्य अबस्थामा फर्कनु भएको हो भन्डारि भन्नुहुन्छ सामान्य ज्वरो आएको थियोे सङका लागेर पिसिआर चेक गराउदा पोजेटिभ देखियो तर रिपोर्ट आउदा म लाई ज्वरो आएको थिएन क्वाटरमा बसेर आराम गरे तातोपानी खाए बेसार खाए गुर्जो खाए अनि राम्रोसँग आराम गरे फेरि पिसिआर चेक गर्दा नेभेटिभ आयो कोरोना लागेपछि स्वास्थ्य मा समस्या त निकै हुदो रहेछ सामान्य आयुर्बेदिक औषधि पनि प्रयोग गरे अहिले निको भएपछि कार्यलयको नियमित काममा फर्किएको भन्डारि बताउनु हुन्छ।

भन्डारिको कोरोना को पहिलो स्वाव श्रावण ३१ गते, दिएको थियोे भने त्यसको रिपोर्ट भाद्र ७ गते,आउदा कोरोना पोजेटिभ आएको थियोे स्वाव दिएको दिन देखि पछिल्लो रिपोर्ट नआउदासम्म २४ दिन होम आइसोलेसन,बसेर कार्यलयका काम गरेका भन्डारिको भाद्र २२ गते रिपोर्ट नेगेटिभ आएको उहाँ बताउनु हुन्छ ।

भन्डारिको अनुभबमा कोरोना जित्नको लागि नियमित रुपमा गुर्जोको चिया, अश्वगन्धा, तातोपानी, तुलसी पानी, तुलसी चिया, नियमित दिनको २ पटक वाफ, तातोपानी, झोलिलो कुराहरु आदि सेवन गर्ने मनोवल उच्च राख्नु पर्ने, नियमित व्यायाम गर्ने गरेपछि कोरोना सहजै जितिने भन्डारिको अनुभव छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया