Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कुहेको आलु!लघुकथा: सुरेशकुमार पान्डे

   
130   पटक पढिएको

असोज १। बिरु आर्काको देशमा मज्दुरी गर्छ मिनाले घरमा पनि खर्चमा कटौति गरेर बोका पाठा अनि कुखुराहरु पालेर घरको खर्च निकाल्छिन।छोरा छोरीहरुमा पनि राम्रो मेलमिलाप हुँन्छ।यसो हेर्दा घर मज्दुरको जस्तो लाग्दैन शुन्दर घर साफ सफाई घरको अगाडी फुलका गमलाहरु सझिएका हुँन्छन।छिमेकमा सबैले उनिहरुको प्रसन्शा गरेको सुनिन्छ।

दुई भाई छोरा र दुई बैनी छोरी आफु दुईजना कुल छ जनाको परिवार अत्यान्तै शुन्दर मिलनसार उनिहरुको बिचमा सबैले सबैको सम्मान गर्छन।कमाईमा पनि बर्कत हुँन्छ।किन कि सबैको पैसा एकै ठाउँमा आउँछ खर्च एउटैको हातबाट हुँन्छ।

एकदिन एकजना मित्र उनको घरमा पाहुँना बनेर आउँछन ,घरको परिपाटी देखेर लोभाउँछन।यस्तो राम्रो परिपाटी भएको घर कमै हुँन्छन उस्ले मन मनै सोँच्छन यो घरमा छोरी को बिबहा गराएपछि छोरीको भबिस्य बन्नेछ।आखिर आफ्नो छोरा छोरीको भबिस्यपर्ति को सजग हुँदैन।सबैले आफ्नो छोरी राम्रो घरमा जाओस भन्ने् नै हुँन्छ।

उन्ले त्यो घरका मुखियालाई आफ्नो घरमा एक साँझ बास बस्न बिन्रम अनुरोध गरे।मिनालेपनि समय मिलाएर आउँछौ भनेकि थिईन।दिनानाथ उनिहरु सपरिवारलाई निम्ता गर्दै त्यँहा बाट बिदा हुँन्छन।आर्को हप्ता जाम है? मिनाले बिरु सँग सल्हा गर्छे।यति धेरै अनुरोध गरेका छन हामिले पनि त्यो दिन हुँन्छ आउँछौ भनीहाल्यौँ!हौश आउँने रवीबारको हामि उनिहरुको घर आउँछम भनेर खबर पठाई दिउँला हुँन्न?बीरुले भन्छन।खबरपनि पठाई दिन्छन।
सबै परिवारलाई बोलाएका थिए सो सबै परिवार त्यँहा रविबारको दिन साँझ गई पुग्छन।

त्यँहा सबै राम्रो थियो देख्नमा तर घरमा एक आर्का पर्ति अबिस्वास झल्किन्थ्यो।साँझ को खाना खाएपछि एकछिन गफ गर्छन।उनिहरुको बिचमा एकता देखिदैन एउटाले आर्काको बिरोध र आफ्नो प्रश्न्सा गरेकै हुँन्छ।मनैमन सोँच्छ टोकरीमा एउटा आलु कुह्यो भने अरुमा पनि सल्कान्छ।झन कुहेको आलु राम्रो आलुहरुमा राख्ने होभने पनि त्यो सबै आलु को भबिस्य खतरामा पर्छ।

एका तिर दिनानाथले सोँचेकाछन आफ्नि छोरी त्यो घरमा गएपछि छोरीको भबिस्य शुनौलो हुँन्छ।आर्को तिर बिरुले मनमनैमा त्यो घरकि केटी आफँनो घरमा पुगि भने आरुपनि खराब हुँन सक्छन।

दिनानाथ ज्यु अब हामि हिँडे हुँन्छ होला?बिरुले ईजाजत माग्छन।हुँदैन आज एतै बस्नुस भोली बिहानै जानुहोला! भन्दै दिनानाथले बिरुलाई आग्राह गर्छन।तर घरमा कोहिछैन आजभोलीको जमाना त्यती ठिक पनि छैन अब हामि नबसौँ बरु सबै परिवार हाम्रो घरमा पाल्नु हौश कुनै दिन भनेर बिदा माग्छन।
उनिहरुलेपनि अबस्था यस्तै छ भनेपछि कुरा बुझ्छन!ईछ्या हजूरको भन्दै बिदा गर्छन।

बिरुको परिवार घर पुग्छन।बिरुले दिनानाथले केहि नभनेपनि कुरा बुझेको थियो।बाबु त्यो दिना नाथ ज्युको छोरी कस्ति छ?बिरुले भन्छन।बाबा देख्नमा त राम्रैछन किन र?बाबुले सोध्छ।तेरो मन लाग्छ भने दिनानाथ सँग कुरा गर्छु मैले।खासै पारीवारीक मिलाप होला जस्तो ता लाग्दैन मलाई बाबु ले भन्छ।तर मनैमन उसको रुप ले बाबुलाई खिची सकेको थियो।आखिर बैँशले रुप मात्रै हेर्छ ब्यबहार आचरण त्यो गोण हुँनजान्छ।

केटी ता ठिक लागि तर त्यँहाको बाताबर्ण अजिब लाग्यो मलाई ता !मिनाले बिरु तिर हेर्दै भन्छे।कस्तो कुरा गर्छौ उनिहरुको एउटा मेम्बरलाई हामिले आफ्नो परिवार जस्तो बनाउँन सक्दैनौ?बिरुले भन्छ।यस्को उत्तर बाबु सँग थियो तर उस्ले भन्दैन बाबाको कुरा काट्न उचित लगेन बाबुलाई।अर्को तिर उसको मन भित्रभित्रै लागि सकेको थियो।

आपसमा कुरा हरु आदान प्रदान हुँन्छ।केहि मैनामै उनिहरु पुष्पि र बाबुको बिबहा परम परानुसार सम्पन्न हुँन्छ।
सबै भन्दा पहिले पुष्पी घरमा आएपछि बाबुको नेत्रमा केहि फरक पर्न थाल्छ।पुष्पिलाई त्यो घरमा त्यँहाको परमपरा अनुसार ढाल्न सक्दैनन।एकबर्ष भित्रै पुष्पिले बाबुलाई आफु जस्तै बनाउँन थाल्छे।घरमा झिना मसिना कुरा हरुमा कलेस सुरुहुँन थाल्छ।पुष्पितीर अब बाबु थियो उनिहरुले पुरा घरलाई आफु तिर खिच्ने प्रयात्न गर्न थालेपछि बिरुले घरमा न उनिहरु सँग सम्बन्ध न सम्बन्ध बिक्षेत यानिकी बाबु र पुष्पि बाहेको परिवारको एकता काएम राख्ने प्रयात्न गरे।

तरपनि अब पहिलेको जस्तो बलियो एकता रहेन छिमेकीहरुलेपनि अब हुनिहरुको मसिनो झग्डालाई ठुलो झग्डा बनाउँन थाले।घर घर जस्तो रहेन तरपनि बिरुको समज्दारीले घर टुक्रिन बाट भने बचेको छ।त्यो बलियो एकता लाई यसरी कम्जोर बनाउँन पुष्पि कामियाब भएकिछे।हुँन ता घर पुष्पिको पनि ता त्यहि हो तर उस्लाई परिवारको एकता भन्दा आफ्नो स्वार्थ प्यारो बन्यो।वास्तबमा मिना र बिरुले त्यो एकता को लागि पुरा जिवन लगाएका थिए तर एउटा गलत पाईलो चाल्दा आज घर बिख्रिएको जस्तो थियो।

(कथा काल्पनिक हो यसका पात्रका नाम पनि काल्पनिक हुँन।कसैको नाम र निजि भबिस्य सँग मेलखायो भने मात्र सञ्जोग हुँनेछ।)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया