Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राधा आचार्य अधिकारीका यादहरु र बास्तविक भोगाइहरु: एक शसक्त कबिता

   
155   पटक पढिएको

पहाड को कन्दरा बाट
अत्तालिदै ,बिना गन्तव्य को यात्रामा ,
सुसाएर तछाड मछाड गर्दै ,,
वारि पारी बरालिदै
हजार चट्टान सहेर ,

ठोक्किदै झरेको त्यो झरना आहा !!
उसको पिडालाई अनुभव गर्दै
त्यो झरना लाई नियाल्दै
मदहोस गुमाएकी म ,,

बतासे पहाड को
चुचुरो मा सुसेल्दै
चलेको सिरेटो सङ्ग
बिहानी को मिर्मिरेमा,
मुसुक्क मुस्कुराएको
चादनी हिमाल ,,

खै कसरी बर्णन गरु म ,
चट्टाङ मा ठोक्किएर बगेको
छचल्काको छिटाले ,,
हुत्तिएर केही पर ......

त्यो सिरसिरे हावाले
बहलाएर बहकिएको मन
त्यो मन्द मुस्कान ले
लोभ्याएर आनन्द लिएको
यो मस्तिष्क ,,

जति बर्णन गरु अह .........
तर अफसोच त्यो स्थान
त्यो मुस्कान
त्यो आनन्द बाट
हरेक पटक बन्चित
हुन पुगेकी छु म !!
किन कि म त्यो स्वर्गको
काखमा छैन ,,

म त्यो झरना , त्यो चुचुरे पहाड
को काखबाट निकै ठाढा छु ,,,
कास झरनाको पिडासङ्ग
म पनि आफ्नो बेदना साटन पाए ,,
त्यो हावा संग बहकिदै
बहन पाए ,,

त्यो मुस्कान सङ्ग अलिकती
मुस्कुराउन पाए ,,
तर नाई .......
म एक जेलर ,,,,,,,

सहर को बस्तिमा
स्वार्थै स्वार्थको दुनियामा
हराई रहेको मान्छे ,,,
उसैको कल्पनामा ,,
छरपस्ट याद हरु सङ्गालेर ,
त्यो दिन को पर्खाईमा,,
तडपिरहेकी छु !!!

"राधा आचार्य अधिकारी "
अर्घाखाँची सितगंगा
हाल किर्तिपुर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया