Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

ब्यबहार!लघुकथा: सुरेशकुमार पान्डे

   
122   पटक पढिएको

बिक्रम सदैभरी बुजुर्वा समाजको बिरुद्धमा लामा लामा भाषन गर्थे,कथाहरु र लेखहरु लेख्थे।मञ्चमा लामा र ओजिला भाषण छाँड्दा घन्टा समय बितेको हेक्का हुँदैन थ्यो।

उनि पञ्चायतिकालमा भुमिगत रहेर पनि कयौँ रचनाहरु लेख्थे।त्यो बेला निरंकुश सरकारको बिरोधमा लेख्नु भनेको चानचुने कुरापनि थिएन।यसैले होला उनका प्रसंशक धेरै भेट्टिन्थे।

देशभित्र बहुदलिए ब्यबस्था आएपछि पार्टीहरुले देशै भरी संगठान बिस्तार गर्न थाले।ब्यापक जन भेट घाट,पार्टिलाईनको बारेमा छलफल प्रचार प्रसार आदी ब्यापक रुपमा हुँन थाल्यो।यसै क्रममा भरतपुरको चौरमा ठुलो सभा राखेका रैछन।त्यो सभामा थुप्रै कार्याक्रता,सुभ चिन्तक,पार्टीका जनबर्गिय संगठान-युवा सँग,महिला,बिध्यार्थि र जनजाती ,दलित जाति आदीका तमाम कार्याक्रता हरुको जम घट थियो।धेरै त स्वाँयसेबक का कामहरुमा खटिएका थिए।बिशाल जन सभालाई संम्मोधन गर्ने नेताहरु ले अथिति आसन ग्रहण गरेपछि अनुसाशित रुपमा बस्न सबैलाई सञ्चालकले अनुरोध गर्दै बक्ताहरु निम्ताउँन थाले।

बिक्रमको पालो आएपछि उस्को नाम बोलाउँदा साथ तालिहरु तररर बज्न थाले।उन्ले मञ्च बाट हातको ईसारमा चुप रहन अनुरोध गरे हात हल्लाउँदै,पब्लिक शान्त भए।

"आदर्णिय साथीहरु हामी सबै एउटै परिवारका शन्तान हौँ!हाम्रो एउटा मात्रै जातछ त्यो हो नेपाली!तररर तालि बच्छ।समाजमा जातिए बिभेद छुवाछुतले जरा गाडेकोछ!-उनि अगाडि भन्छन।यो बिषलाई तपाई हामिले ओखलेर फाल्न सक्नु पर्छ।बिक्रमको शब्द बाणले झग्गुको छाति चौडा हुँन्छ।उस्लाई भर्खरै समानता मुलक नियम लागु होला जस्तो लाग्छ!तररर तालि बज्छ।अरु.बिक्रम बोल्दैछन-जमिन जोतनेकै हुँनुपर्छ,जस्को जोत उसैको पोत हुँनुपर्छ। हली गोठालाको हातमा लाल पुर्जा हुँनु पर्छ।तररर तालि बछ्न।आदी यित्यादी एक घन्टा खर्चे र गरेको भाषण जोसिलो थियो।बिच बिचमा ताली हरुले उन्लाई साथ दिएका थिए।

उन्को भाषणलाई झग्गु सुनार र खगे बिस्वकर्माले नोट गर्दै थिए।जस्लाई अत्यान्तै गम्भिर रुपमा लिएका छन।उनिहरु दलित मोर्चाका सक्रिय कार्याक्रता हुँन।जो यहि पार्टीको जनबर्गिय सँगठन हो।कार्यक्रम सिध्दिय पछि उनिहरु बिक्रम सँग भेट गर्छन।बोली चालिमा पनि बिक्रम ठिकछ।मिठो बोली र क्रान्तिकारी भाषणले झग्गु सुनार खगे बिस्वकर्मा लगायत का दलित मोर्चा लाई प्रभाभित पारेको थियो।

कति दमदार भाषणहो का.बिक्रम जिको झग्गु सुनारले भन्छन खगे सँग भन्छन।हजूर हो हुँनता बिचारमा त अब्बल छन बुढा तर ब्यबहार नहेर्दा सम्म केहि भन्न सकिदैन!खगे बिस्वक्रमाले भन्छन।खगेको यो कुराले झग्गु एकैछिन केहि सोँचेको जस्तो गर्दै, एकछिन मौन रहन्छ।हो ठिक भन्नुभयो अज्माउँनै पर्छ!झग्गुको त्यही बजारमा ठुलो सुन चाँदिको पसल थियो।खगेले बेल्डिंग को काम गर्छ।बिक्रमलाई भुमिगतको समयमा पनि कार्याक्रमहरुमा भेट घाट हुँन्थ्यो।झग्गु केहिदिन पछि बिक्रमका घरमा पुग्छ!

बिक्रम पनि त्यो दिन घरमै थिए।घरमा पुगेपछि झग्गुले कोहि हुँनुहुँन्छ भन्दै आगनि बाटै आवाज लगाए।छोरीले दैलो खोलेर आईन दलानमा गुन्द्रि बिच्छाएर उनलाई बस्न ईसारा गरिन।जो सुकै आए पनि दलानमै बस्ने चलन थियो।उनि यता उता हेर्दै छोरी बिक्रम जि हुँनु हुँन्न?शुनारले बिन्रम सोध्छश।हुँनुहुँन्छ मैले भर्खर पठाई दिन्छु भन्दै छोरी भित्र पस्छिन।यो दलानमा मार्क्स देखि माओ सम्मका गोर्की देखि पारी जात सम्मका तस्विर दलानै भरी टाँगेका लाई बिस्तारै नियाँल्दै जान्छन।

बिक्रम भाईर आउँना साथ उनि झसिङ्गीन्छ।सुनारले आफुलाई समाल्दै !नमस्कार गर्छन, बिक्रमलेपनि नस्कार गर्छ।अनि कसरी पालेको?उनि अलि आत्ते झैँ गरेर बोल्छन।
कम्रेड ज्यु म हजूरको बिचार बाट सारै प्रभाबित भयकोछुँ।हजूरको बोलीमा क्रान्तिकिरी लहर छचल्किन्छ।हजूरका लेख रचनाले क्रान्तिको उदघोष गर्छन।भन्दै सुनारले बिक्रमको प्रसन्शाको लरो तान्छ।अत्यान्तै पोलेसी जानेको शुनारले बिस्तारै अगाडि भन्छन!मलाई थाहानै थिएन हजूरकी छोरीलेपनि त्यहि कलेजमा पढ्दिरैछन जुँनमा मेरो राजेस छोराले बिएड गर्दैछ।सुनारको मुख बाट आफ्नो तारिफ सुनेका बिक्रम मखःपरेर सुन्दै थिए,उनि फुरुक्कै परेका थिए।सर मेरो छोराले बिएड गर्दैछ मेरो बजारको शुन चाँदिको पसलता हजूरलेपनि देख्नु भयकैछ!अरु खेत बारीपनि प्रस्तैछ।झग्गुको षप्रसंशाले गदगद भयको बिक्रम अहिले अलि संकालु दृष्टी सुनार तिर घुमाएकोछ,उस्ले अहिले चुपचाप सुनि रहेकोछ।शुनार बोल्दैछन।

हजूरलाई ता थाहानैछ मपनि जातिय बिभेदको बिरुधी हुँ।होला! बिक्रमले सटिक जवाफ दिन्छन।किन यो नेक काम हामि आफै बाट ब्याबहारिक रुपदिन सुरु गरौँ?के भन्न खोजेको?सुनारको कुरा न सक्किँदै बिक्रम रातो पिरो हुँदै भन्छ।बिक्रम जि म हजूरको छोरी आफ्नो छोराको लागि माग्न आएको हुँ!निक्लीहाल यँहा बाट सुनारको कुरा नसकिदै!रिसले मुर्मुराउँदै बिक्रमले शुनारलाई खेद्न थाल्छ।अरु एउटा शब्द पनि न निकाल है!बिक्रम कराउँछ।उसले आफै गरेको भाषन आफुले लागु गर्न नसक्दा हिँजो बोलेको मा पछुतो मान्दैछ।

कम्रेड मैले के नमिल्दो कुरा गरेँ जो स्वयम हजूरले भनेकै कुरा त गरेकोछुँ।भन्न जति सजिलो हुँन्छ ब्यबहारमा उतार्न उत्यि अपठ्यारो हुँन्छ मैले हजूरको ब्याबहारिक पक्षे मात्र हेर्न खोजेको थिँए।भन्दै शुनार त्यँहाबाट निस्किन्छन।बिक्रम घरमै रातो पिरो भएर आफ्नो टाउको छोपेर बसेकै थियो।छोरीले भित्र बाट पानी लिएर आउँछिन अब शुनार गै सकेका थिए।के भयो बाबा?पानी को गिलास टकार्दै छोरीले सोधछीन केहि होईन आकास तिर फर्केर थुकेको त आफ्नै उप्र पर्छ भन्दै बुढा भीत्र आगन तिर निस्किन्छन।\

(यो कथा र यहमा प्रयोग गरिएका नाम हरु सबै कालपनिक हुँन कसैको नाम र निजि जिवन संग मेल खायो भने सञ्जोग मात्र हुँनेछ।)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया