Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कुवेतमा मोरङका राजवंशीको हृदयघातबाट मृ'त्यु

   
147   पटक पढिएको

खुम रायामाझी,कुवेत। कुवेतमा एक नेपालीको हृदयघातबाट मृत्यु भएको छ । मोरङ जिल्ला घर भएका खुसीलाल राजबंसीको गत २७ सेप्टेम्वरका दिन मृत्यु भएको हो ।

४३ बर्षिय राजबंसी बिगत ६ बर्षदेखी कुवेतको अल मिस्रिफ (car wash)कम्पनीमा कार्यरत थिए।नेपाली राजदुतावास कुवेतका द्वितिय सचिव श्रीकृष्ण सिलवालका अनुसार राजबंसीको मृत्यु बारेमा राजदूतावासलाई जानकारी प्राप्त भएको बताउनुभयो।

वहाँले थप्नुभयो:मृतकको परिवार र कम्पनीसँग सम्पर्क भइसकेको आवश्यक कानुनी प्रक्रियाका लागि पहल गरिसकेको वहाँले बताउँनु भएकोछ।यद्यपी मृत्यु हृदयघातबाट भनिए पनि पुर्ण विवरण भने आइसकेको छैन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया