Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीका चर्चित मोडल कृष्ण सापकोटा र नायिका यलिना रायमाझीको अभिनयमा रहेको गीति एल्बम ” तिम्रै नाम झुन्डिरहन्छ मेरा ओठैमा” बजारमा सार्वजनिक (भिडियो सहित )

   
312   पटक पढिएको

अर्घाखाँची,असोज १४। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका बलकोटमा जन्मेका मोडल , सर्जक ,कृष्ण सापकोटा नेपाली लोकसांगीतिक क्षेत्रमा बिगत केहि बर्ष यता देखि नै एकदमै निरन्तर रुपमा सक्रिय रहदै दर्शक श्रोताहरु बाट निकै नै चर्चा बटुल्न सफल रहेका छन् ।

पछिल्लो समयमा ब्यापक चर्चामा रहेका सर्जक तथा चर्चित मोडल कृष्ण सापकोटा र अर्घाखाँची जिल्लाको छत्रदेवमा जन्मेकी पछिलो समयमा लोकदोहोरी म्युजिक भिडियो र सिनेमा क्षेत्रमा निकै नै चर्चा कमाउन सफल नायिका यलिना रायमाझीको अभिनयमा रहेको गीति एल्बम ” तिम्रै नाम झुन्डिरहन्छ मेरा ओठैमा” बजारमा सार्वजनिक भएको छ ।

पछिल्लो समय डिजिटल प्रविधिको प्रत्यक्ष प्रभावले विभिन्न क्षेत्रमा विकासको गति तिव्र गतिमा बढिरहेको छ । त्यस्तै नेपाली सांगीतिक क्षेत्रमा पनि यसको प्रभाव दिनप्रतिदिन बढेको देखिन्छ ।

यतिबेला कला र संस्कृतिमा पनि प्रतिस्पर्धात्मक प्रस्तुति देखिएको हुँदा कलाकार सर्जकहरुलाई आफू कसरी स्थापित हुने वा स्थापित भएकालाई कसरी आफ्नो स्थान उन्नति गर्ने भन्ने बारे चुनौती थपिएको छ ।

यस्तै चुनौतीका बीच चर्चित गायक दिलिप बिष्ट र चर्चित लोकदोहोरी गायिका देबि घर्तीको सुमधुर स्वरमा सजिएको ” तिम्रै नाम झुन्डिरहन्छ मेरा ओठैमा” बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ उक्त गीतमा दिलिप बिष्टको लय तथा शब्द सृजना रहेको छ ।

पछिल्लो समयका चर्चीत साथै व्यस्त मोडल कृष्ण सापकोटा र यलिना रायमाझीको उत्कृष्ट अभिनय रहेको गीतको भिडियोलाई बिरेन्द्र परियारले छायांकन गरेका छन भने गौरव गिरिले एरेन्ज , निर्देशन साथै सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया