Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीका चर्चित गायक प्रकाश परियार कमला बजगाईंको आवाजमा सजिएको " फुलको रसैले " गीति एल्बम बजारमा सार्वजनिक (भिडियो सहित )

   
192   पटक पढिएको

कमला थापा ,सन्धिखर्क।
असोज १४ ,अर्घाखाँचीबुलेटिन - जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाका चर्चित लोकदोहोरि गायक प्रकाश परियार र गायिका कमला बजगाईंको सुमधुर आवाजमा रहेको " फुलको रसैले " गीति एल्बम बजारमा सार्वजनिक भएको छ।

अर्घाखाँचीको अर्घामा जन्मेका लोकदोहोरी गायक प्रकाश परियारले आजको मिति सम्म एक दर्जन भन्दा धेरै बजारमा चर्चा बटुल्न सफल गीति एल्बमहरु सार्वजनिक गरिसकेका छन।

गायक प्रकाश परियार ,छत्र बि,क ,आरोही चौलागाईं र अनिल मायालुको संयुक प्रस्तुतिमा " फुलको रसैले " गीति एल्बम बजारमा सार्वजनिक गरेका हुन्।

यस गीति एल्बम मा शब्द छत्र बिक.को रहेको छ भने लय बुद्वबिर गोर्खालीले भरेका छन्। म्युजिक भिडियोको निर्देशन /कोरियोग्राफी काजिश श्रेष्ठले गरेका छन्।

त्येस्तै गरि छायांकन ,सागर गौतम ,सम्पादन - दिपक बिष्ट ,दृश्य निर्माण एक्सन मिडिया ग्रुपले गरेको छ।

भिडियोमा मोडल काजिश श्रेष्ठ ,आरोही चौलागाईं र कोहिनुर सिंहको अभिनय देख्न सकिन्छ।

हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया