Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सामाजिक दुरी पालना गरी मुसिकोट नगरपालिकामा विद्यालय संचालन गरिँदै

   
126   पटक पढिएको

सूर्य सुनार,गुल्मी।
असोज १८,अर्घाखाँचीबुलेटिन - गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा आईतबार देखी शौक्षिक संस्थाहरु संचालन गरिएको छ । शौक्षिक सत्र २०७७ का नियमित शौक्षिक क्रियाकलापहरु सहजिकरण गरिएको मुसिकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख देवीराम शर्माले जानकारी दिनुभयो । वैकल्पिक सिकाई सहजीकरण अन्तरगत मुसिकोट नगरपालिकामा सिकाई सहजीकरण गरिएको शर्मा बताउनुभयो ।

रेडियो, टेलिभिजन, इन्टरनेट, अन्लाईन, र कुनै सुविधा नभएका विद्यार्थीलाई विद्यालय तथा सरकारी भवन, समुदाय स्तरमा शिक्षकहरु गएर अध्ययन गराउनमा सहयोग गर्ने शर्माले बताउनुभयो । साथै सम्पूर्ण विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका मापण्ड अपनाई विद्यालय संचालन गर्न अनुमति दिइएको शर्माले बताउनुभयो ।

मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको पृथ्वी माध्यामिक विद्यालयमा पनि आज बाट नगरपालिकाको निर्देशन अनुसार विद्यालय संचालन गरिएको विद्यालयका प्रधानध्यापक चन्द्र बाहादुर पाण्डेले जानकारी दिनुभयो । सामाजिक दुरी र कोभिड बाट बच्ने न्यूनतम सुरक्षाका विधिहरु पलना गर्नेगरी तपसिल बमोजिम विद्यालय संचालन गरिएको प्रधानध्यापक पाण्डेले बताउनुभयो ।

विद्यालयमा विभिन्न सेक्सनमा विद्यार्थीहरुलाई सामाजिक दुरी पालना गरी सहजीकरण गरिएको पाण्डेले बताउनुभयो । साथै विद्यार्थीको विद्यालयमा वा समुदाय स्तरमा गएर सहजीकरणमा राम्रो उपस्थित रहेको पाण्डेले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया