Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

युएइमा मृत्यु भएका कार्कीको परिवारलाई आर्थिक सहयोग

   
197   पटक पढिएको

खुम रायमाझी। उद्धब मगर दोहा कतार - विगत ७ बर्षबाट निरन्तर दुवैको एउटै कम्पनी (SUME SECURITY GUARD MIDDLE EAST) मा कार्यरत रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं.७ सिम्लेका रमेश कार्कीको गत 16/08/2020 मा i cad labours camp नजिकै साथमा मोवाइल.पर्स. सम्बनधित देशको अधिकारीक आइ डि कार्ड नभएको अबस्थामा लास फेला परेको थियो ।

वेवारिसे अबस्थामा फेला परेको लासलाई छानविनका लागि आबुधवि पुलिसले किन र कसरी हत्या भयो भन्ने विषयमा छानविन भैरहेको सोही कम्पनीमा कार्यरत सामाजिक अभियान्ता सुश्री ऋतु लो तामाङले जानकारी दिनुभएको छ ।

मृतक रमेश कार्कीको नेपालमा श्रीमती कल्पना कार्की, छोरा बर्ष १५ निराजन कार्की, दीर्घरोगि आमा,बाबा गरी जम्मा परिवारमा 4 सदस्य रहेको जानकारी आएकोले मृतक कार्कीले घर जाने शिल शिलामा आफु रहेकोले लामो समय परिवारलाइ खर्च नपठाएको र स्वयं ब्यक्ति मृतक अबस्थामा पाउनुले बज्रपात र शोकाकुल भन्दा केही नरहेको अरु थप आर्थिक कमजोर भएकोले मृतक रमेश कार्कीको श्रीमती कल्पना कार्की बाट सबै जानकारी पाएपछि अब हामीले पनि केही सहयोग गर्नु पर्छ भन्ने भावनाका साथ अग्रज पंतिमा उभिंदै यसै कम्पनीमा कार्यरत सुश्री ऋतु लो तामाङले अरु दुइ नेपाली दाजुभाइ रमेश पौडेल,ललित लुङ्गेली,गोकुल चापागाईं र sume security middleeast सँग समन्वय गरी मृतक रमेश कार्कीको छोरा निराजन कार्कीको हिमालयन बैंक खाता नं. 04308980680017 मा AED - 16100.00 नेपाली ५११०८७.०० आर्थिक संकलन गरी नेपाल पठाएको दुबइबाट ऋतु लो तामाङले जानकारी दिनु भयो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया