Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण

   
113   पटक पढिएको

तिलोत्तमा। लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको हो ।

रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको र अहिले होम आइसोलेसनमा बसेको सभामुख घर्तीले बताए ।

गत मंगलबारमात्रै प्रदेश सभा बैठकमा सहभागी भएका सभामुख घर्ती र केसीलाई संक्रमण भएपछि अन्य सहभागीहरुमा पनि संक्रमणको आशंका गरिएको छ ।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेल लगायत सरकारका मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारसमेत बैठकमा सहभागी थिए ।कान्तिपुर बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया