Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लायन्स क्लब अफ सेन्ट्रल लुम्बिनी काठमाण्डौ द्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची लाई १२ थान फेसियल मास्क हस्तान्तरण

   
290   पटक पढिएको

तेजेन्द्र पाण्डे ,सन्धिखर्क ।
असोज ३० ,अर्घाखाँचीबुलेटिन - लायन्स क्लब इन्टरनेसनल काठमाण्डौ लुम्बिनी च्यापटर द्वारा आज ६५ औं प्रहरी दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची लाई १२ थान फेसियल मास्क हस्तान्तरण गरियको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रहरी पुर्व कर्मचारी सङ्गठन अर्घाखाँचीका अध्यक्ष डिलाराम पाण्डे र लायन्स क्लब काठमाडौ लुम्बिनी च्याप्टरका सदस्य पत्रकार एवम अधिबक्ता तेजेन्द्र पाण्डेयले ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी सहायक निरीक्षक लोकराज न्यौपाने लाई मास्क हस्तान्तरण गर्नु भयो ।

कार्यक्रमको ब्यबस्थापन लायन्सको उक्त च्याप्टरका अध्यक्ष शिवदेब पण्डेले गर्नुभयको थियो । निरन्तर जनताको सेवाका लागि ड्युटिमा खटिने रास्ट्रसेवक ट्राफिक प्रहरि कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि उक्त मास्कहरु आज प्रहरी दिवस जस्तो विशेष दिनको अवसर पारेर हस्तान्तरण गरियको अध्यक्ष पाण्डेले जानकारी गराउनु भयो ।

मास्क हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी डिलाराम पाण्डेले प्रहरी दिवसको शुभकामना दिदै यो सुरक्षा मास्कले प्रहरी कर्मचारीहरु लाई स्वास्थ्य सुरक्षामा थप सहयोग गर्ने बताउनु भयो । त्यसैगरी जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक न्यौपानेले यी मास्क प्रदान गरेकोमा लायन्स क्लब लाई धन्यवाद ब्यक्त गर्नु भयो ।

कार्यक्रममा पुर्व प्रहरी हवल्दार रविन खड्का सहित जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका अन्य प्रहरी कर्मचारिहरुको पनि उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया