Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५२२ पुग्यो : ४०६ जना डिस्चार्ज, १७६ जना होम क्वरेन्टीनमा (सम्पूर्ण विवरण सहित )

   
252   पटक पढिएको

सन्धिखर्क।
असोज ३० ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँचीमा आज २२ जना नयाँ कोरोना संक्रमित थपिए संगै संक्रमित हुनेको संख्या ५ सय २२ पुगेको छ ।

शुक्रबार सन्धिखर्क नगरपालीकाका २१ जना र शितगंगा नगरपालीकामा १ जना गरी २२ जना थपिएसंगै संक्रमितको संख्या ५२२ पुगेको हो । यस संगै अर्घाखाँची पनि ५ सय भन्दा धेरै सक्रिय कोरोना संक्रमित हुने जिल्लाको सुचिमा परेको छ।

अर्घाखाँचीमा हिजो सन्धिखर्क नगरपालीकाका ९ जना कोरोना जितेर घर फर्किएसंगै डिस्चार्ज हुनेको संख्या ४०६ पुगेको छ ।

हाल जिल्लामा ११२ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । जसमा सन्धिखर्कमा ९६ जना, शितगंगमा १० जना,भुमिकास्थानमा १ जना, मालारानीमा १ जना र पाणीनीमा ४ जना गरी जम्मा ११२ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यसअघि संक्रमणका कारण ४ जनाको ज्यान गईसकेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया