Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

खै कुन्नी मैले बुझ्न नसकेको निति : माया पोखरेल

   
194   पटक पढिएको

मैले नबुझेको नीति

यतिखेर हाम्रो परिवेशमा मृत्यु फट्कारेको कपास भन्दा हलुँगो बन्दै छ । मान्छे मारेर गाडिएको झण्डा कति चिरस्थायी हुन्छ भन्ने प्रश्न अनुत्तरित बनेको छ ।
सत्ता समाधानको गन्तव्य नभएर आफू रहँदा चिनी अरु रहदा चिराईतोको रूपमा परिभाषित हुने गरेको छ ।

आँखा अगाडि नाच्ने राजनितिक बिविध रंगले अन्ततः जर्ज बनाड शाका यिनै अभिव्यक्ति निसृत हुनपुग्छ्न । गुरुबाट यो पढेकी थिँए कि प्रजातान्त्रिक ब्यबस्था भनेको त्यो ब्यबस्था हो जसमा असल मानिसद्वारा शासन गरिन्छ । बदलिएछ यो ब्यबस्था जहाँ चोर फटाहाहरुका बिच चुनाव गराउन बाध्य गराईन्छ । सुनेको थिए राननितिले देशको मुहार फेर्छ ,राजनितिकर्मिहरु देशका नाईके हुन जस्ले घरलाई जस्तै सिङ्गो देशलाई सुब्यबस्थित बनाउछ्न , तर त्यो जे सुने एकादेशको कथा मात्रै सुनेजस्तो लाग्छ ।

खोइ कहाँ कस्को मुहार फेरियो ? नेताका श्रीमती अनि बालबच्चाको त फेरियो ,तर फेरिएन नि सडकका भोका, नाङ्गा ,गरिव ,गुरुवाहरुको यिनी पनि त देशभित्रकै सदस्य हुन । पेट भरिएको सिहले मृग मार्दैन तर दुई हातमा लड्डु भेटेका राजनीतिक कर्मिहरु मुखमा समेत लड्डु पर्छ कि भन्ने लालचामा दौडिएको यथार्थ हामिबिच सघन भएर देखापरिरहेको छ । कहिले भुकम्प कहिले बाढिपहिरो ,कहिले नाकाबन्दी अनि अहिले कोभिड १९ बाट थलिएको हाम्रो देश झन भन्दा झन राजनितीक किचलो अनि जनमैत्री नियमको अभावमा कमजोर हुँदै गैरहेको छ ।

नया नेपाल् बनाउने ,नेपाललाई स्विट्जरल्याण्ड बनाउने ,श्रोत साधनको सदुपयोग गरि देशमै रोजगारिका अवसर सिर्जना गर्ने भन्नेजस्ता बिबिध चुट्किलाहरु जनतालाई सुनाउने नेता अनि तिनै चुट्किला सुन्दै सुन्दै यो देश पार गरि परदेशिने नेपाली दाजुभाइ दिदिबहिनीहरु देख्दा यो लाग्छ कि सायद यो मैले नबुझेको राननितिले अरु नदिएपनी एउटा झुटो मीठो आशा त सबैलाई दिएको छ नि । आश्चर्यको पराकाष्ठा भन्नुपर्छ -' यहाँ समुन्द्रलाई पानीको , सुर्यलाई तापको र ज्ञानिलाई ज्ञान्को तिब्र लोभको बढेको छ ।

' नेताले त समाजलाई सुमार्ग दिने हो नि चटकेले जस्तो चमत्कार देखाउने हैन नि । सायद यस्तै हुन्छ होला राजनितिमा मलाई थाहा नभएको पो हो एउटा सामान्य किसानको सन्तान न परे । यहाँ आँखा अगाडिको पानीको कुवाबाट एक जग पानी निकाल्न नसक्ने माननियहरुले बालुवाबाट तेल निकाल्ने कुरा गर्नुहुन्छ , आमा राष्ट्रपति भएको मेरो देशमा दिनदिनै एक एक छोरीको अस्तित्वलुटिन्छ ,कलिलो सरिरमा बलजफ्ती प्रहार गरिन्छ अनि हत्या गरिन्छ तर ती राष्ट्रकि आमाको आखामा एकथोपा आँसु आउदैन ,यस्ता घटना सुन्नुहुन्छ वा सुनेर नसुनेजस्तो गरि मुकदर्शक बनेर हेर्नुहुन्छ यो पनि बुझ्दिन म । धनिले गरिवलाई मिच्ने ,ठूलो जातले सानो जातलाई मिच्दा गरिएका बिरोधहरु सुनुवाई हुदैनन् ।

सायद यस्तै हुन्छ होला राजनीतिमा म जस्ता कैयौलाई चित्त नबुझेर के भो ,गरिव जनताको चुलोमा आगो नबलेर के भो उता नेताको ज्युको महलमा त ऐस आराम छ्दै छ नि , उच्च ओहोदामा रहनेहरुले निम्न स्तरमा मान्छेहरुलाई जिवनस्तर उकास्न टेवा पुर्याउछ्न भन्थे उहाहरुलाई नै मेवाको तानातान छ ,जे सोच्छौ त्यो हुदैन ,जे हुन्छ त्यो सोचिदैन ....कुरा अनेक काम मात्रै एक,सपना अनेक बिपना एक ...सायद यस्तै यस्तै हुन्छ होला राजनिती । खै कुन्नी मैले बुझ्न नसकेको नीति ।

माया पोखरेल
पाणिनी १ पणेना
अर्घाखाँची

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया