Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गर्लाम अर्घा मैदान लिफ्ट खानेपानी ट्यांकीको निर्माण कार्य तिब्र रुपमा हुँदै

   
116   पटक पढिएको

                                                                                                         (तस्विर - बलराम रायमाझी)

सन्धिखर्क।
कत्तिक १,अर्घाखाँचीबुलेटिन - सन्धिखर्क नगरपालिका वडा नम्वर ९ मा निर्माण हुन लागेको गर्लाम अर्घा मैदान लिफ्ट खानेपानी आयोजनाको ट्यांकी निर्माण कार्य तिब्र रुपमा चलिरहेको छ।

उक्त ट्याङ्कीको पिध ढलाई कार्य आज सम्पन्न भएको छ। यस लिफ्ट खानेपानी आयोजनाको पुर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझीले गर्नुभएको हो ।

अर्घाखाँची जेभी काठमाडौले २ करोड ४३ लाख ६६ हजार ३ सय ८६ रुपैयाँ ३९ पैसामा ठेक्का सम्झौता गरेको हो । उक्त खानेपानी आयोजना २०७८ कार्तिक १६ गते सम्ममा सम्पन्न गर्नु पर्नेछ ।

अर्घा गर्लाम देखि आउने खानेपानी मसुरपाटा भन्दा माथि रहेको सल्लेरी नाँचे डाँडामा आउने भएको छ। यस संगै अर्घामा एक घर एक पिउनेपानीको धारा हुने भएको छ।

२ करोड ४३ लाख ६६ हजार ३ सय ८६ रुपैयाँ ३९ पैसामा ठेक्का सम्झौता भएको उक्त खानेपानी आयोजनामा १ सय५० घन मिटर ट्यांकी बन्ने नेता रायमाझीले बताउनु भएको छ।

उद्घाटन कार्यक्रममा नेता रायमाझीले मन्तव्य राख्दै अर्घा भगवती मन्दिर (अर्घा दरवार)मा वटा गाई मुखे धारा बन्ने बताउनु भएको छ।कार्यक्रम बलराम रायमाझीको संचालनमा सम्पन्न भएको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया