Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीको प्रसिद्व मन्दिर अर्घाभगवती (अर्घा दरवार)मा बाजागाजाका साथ् आज झे'क्री पर्सिने कार्य सम्पन्न (तस्विर सहित )

   
394   पटक पढिएको

बिष्णु रणपाल ,अर्घा।
कात्तिक १ ,अर्घाखाँचीबुलेटिन - आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडा दशैँ आजदेखि शुरु भएको छ ।

आज घटस्थापनाको दिन अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - ९ अर्घामा अवस्थित श्री अर्घाभगवती मन्दिर (अर्घा दरवार )मा गत साल जस्तै जस्तै अहिले पनि सथानीयहरुले बाजागाजाका साथ् झेकृ पर्सिएका छन् जसलाई हामीहरुले झेक्री गाड्ने दिन पनि भन्ने गर्दछौ।

घटस्थापनाको दिन अर्घामन्दिरमा पर्सिने झेक्रीको लम्बाई २२ हातको हुनुपर्ने हुन्छ। घटस्थापनाको दिन पर्सिने झेक्रीलाइ पूर्णिमाको दिन पन्च आलम मन्दिर परिसर बाट निकाल्नु भन्दा केहि समय अघि बोकेर रानीगैराको शिरमा रहेको गोसेथान मन्दिरमा पुर्याएर बिसर्जन अर्थात गाडिने चलन रहेको छ।

अर्घाखाँची जिल्लाको प्रसिद्व धार्मिक तथा पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा कोरोनाको बढ्दो जोखिमले गर्दा गत बर्ष जस्तै भव्य रुपमा शरायँ नाचं नहुने भएको छ। येद्वापी पन्च आलम देवीलाई पुर्णिमाको दिन के कसरि गोसेथान पुर्याउने भन्ने बिषयमा मन्दिर व्यवस्थापन समितिले छलफल गरिरहेको खबर प्राप्त भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया