Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आज नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि

   
88   पटक पढिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नयाँ संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

८९ हजार ८४० संक्रमितमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएका हुन् । देशभरमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् ।

यो पनि पढ्नुहोस

नसर्ने रोगमध्येका एक प्रमुख रोग हो, रक्तचाप । यसलाई अहिलेको आरामदायी जीवनशैलीको एक खराब उपजका रुपमा पनि लिइन्छ ।

पहिले पहिले प्राय वयस्क उमेरका मानिसमा मात्र देखिने रक्तचाप अहिले अन्य उमेर समुहका मानिसमा पनि देखिन थालेको छ । यो जो कोहीलाई सजिलै र कुनै पनि बेला लाग्न सक्छ । त्यसैले शरीरको रक्तचाप थाहा पाउन नियमित रुपमा जाँच गराउनु पर्दछ ।

उच्च रक्तचाप हुँदा हाम्रा धमनी र रक्तनलीहरुमा बढी चाप पर्छ । त्यसलाई औषधी तथा खानपानको परहेजबाट समयमै नियन्त्रण गरिएन भने हाम्रो रक्तनली कमजोर बनाइदिन्छ । अन्यथा मानिसको ज्यानै जान सक्छ । आज हामी उच्च रक्तचापलाई नियन्त्रण गर्ने केही खानेकुराका बारेमा चर्चा गर्नेछौ :

१. केरा

केरामा प्रशस्त मात्रामा पाइने पोटासियमले रक्तचाप नियन्त्रण गर्दछ । पोटासियमले रगतमा भएको अत्यधिक सोडियम पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकाल्न सहयोग गर्छ ।

२. चुकुन्दर

चुकुन्दरमा पर्याप्त मात्रामा पाइने नाइट्रिक अक्साइडले रक्तनलीहरुलाई खुल्न र रक्तचापलाई कम गर्न सघाउँछ । तसर्थ यसको रस सेवन गरे उच्च रक्तचाप नियन्त्रण हुन्छ ।

३. हरियो सागपात

हरियो सागपातमा थुप्रै भिटामीन तथा खनिजका साथै पर्याप्त पोटिसियम पाइन्छ । त्यसैले उच्च रक्तचापका रोगीहरुले हरियो सागपातहरु बढी खाँदा फाइदा हुन्छ ।

४. दही

दहीमा पाइने तत्वले रक्तनली खुम्चन र फैलिन मदुदत पुर्याउँछ । यस अलावा रक्तचापलाई नियन्त्रित राख्दछ । दहीको नियमित सेवनले उच्च रक्तचाप २० प्रतिशत कम हुन्छ ।

५. लसुन

लसुनमा नाइट्रिक अक्साइट पाइन्छ, जसले धमनी फैलिन सहयोग गर्छ । लसुनको नियमित सेवनले उच्चरक्तचाप नियन्त्रणमा आउँछ । लसुन बाहेक, तुलसी, दालचिनी, अलैंची, अदुवाले पनि उच्च रक्तचापलाई कम गर्दछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया