Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कृषि र बाख्रा पालन ब्यावसाय बाट बार्षिक १० लाख भन्दा बढी आम्दानी गर्दै पिपलधारा का एक युवा

   
373   पटक पढिएको

नारायण जि सी,गुल्मी। नेपालमा युवा जनशक्ती बैदेशिक रोजगारमा केन्द्रित भइरहेको बेला गुल्मी जिल्ला धुर्कोट गाउँपालिकावडा नं २ पिपलधाराका युवा बिष्णु थापाले आफ्नै घरमा मेहेनत गरी बाख्रा पालन र तरकारी खेति बाट बार्षिक रूपमा १० लाख भन्दा बढी आम्दानी भएको बताए। उनले आफ्नो घरमा पालेका ११ वटा माउँ बाख्रा पालेको र सहकारी मार्फत तौल गराई ७ वटा बोका बाट २२३ किलो बराबरको बिक्री गरेका छन्।

अब घरमा बाँकी ११ वटा पाठा रहेको पनि बताए। बाख्रा संगै तरकारी खेति पनि गरिरहेको र जस अन्तरगत चार रोपनि जग्गामा लसुन खेति दुइ वटा टनेलमा टमाटर खेति करेला खुर्सानी र वडी सिमी लगाएतको तरकारी बाट पनि राम्रै आम्दानि भएको जानकारी गराए। तपाई कृषि पेशामा कति सन्तुस्टी हुनुहुन्छ भन्ने जिज्ञासामा मैले हाल सम्म सन्तुस्टि नै छु भन्ने जानकारी दिए। गाउँपालिका बाट कति सहयोग पाउनुभयो भन्ने जिज्ञासामा कृषिमा सिन्चाईको लागी पाइप खरिद गर्न रु२५ हजार बाख्राको खोर सुधारको लागी रु १० हजार र बाख्रामा नस्ल सुधारको लागी रु १५ हजार अनुदान पाएको र हाल सम्म गाउँपालिकाको सहयोग प्रति आफु खुशी रहेको बताए।

उनले ७ बर्ष अगाडी देखि ३ वटा माउँ बाख्रा वाट सुरुगरेको र जानकारी दिए। समय कसरी व्यवस्थापन गर्नु भएको छ भन्ने जिज्ञासामा हामी नियमित काम गर्ने तिन जना छौ। दिनमा करिब १६ घण्टा जति काम गर्छौ मेहेनत नगरि आम्दानि लिन सकिदैन त्येसैले सबैजना मेहेनत गर्छौ लोक्कल कुखुरा पनि पालेको छु जसबाट पनि केहि आम्दानी हुन्छ।

हरेक युवाहरू आफ्नै भुमीमा लगानी र मेहेनत गर्नेहो भने पनि आम्दानी गर्न गार्हो छैन।हामी उत्पादन गरौ बिक्री गर्नलाई समस्या छैन अर्काको देशमा गएर पसिना बगाउनुको साटो आफ्नै घरमा बसेर पनि त्यो भन्दा बढि आम्दानी लिन सकिन्छ भन्ने सुझाव समेत दिएका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया