Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

शितगङ्गा पहिरो पिडितलाई बस्ती निर्माणका लागी दुवईबाट पहिलो चरणमा विभिन्न संघ सस्थामा आवद्ध अभियान्ताहरुबाट २२ हजार सहयोग

   
201   पटक पढिएको

झनक केसी।
कार्तिक १ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वाड न. १२ जोख्लेगैरा करिव २५ घर पुर्ण रुपमा क्षति तथा अन्य २३ घर परिवार विस्तापित हुने गरि भएको प्राकृतिक प्रकोपको भएको बेला नमुना बस्ती निर्माणका लागि बैदेशिक रोजगारको सिलसिलामा दुवई पुगेर आफ्नो गाँस कटाएर बस्ती निर्माणका लागी बिभिन्न अभियान्ताहरुले २२ हजार सहयोग गरेका छन्।

आर्थिक सहयोग रकम संकलनमा अर्घाखाँची सम्पर्क समिति युएईका केन्द्रीय अध्यक्ष कृष्ण भुसाल, दुवई क्षेत्रीय समितिका अध्यक्ष जीवन रायमाझी,उपाध्यक्ष इस्वरी बन्जाडे र के.पि.न्यौपाने , संरक्षक कृष्ण प्रसाद गैरे , सचीव पदम आचार्य ,कोषाध्यक्ष बलराम न्यौपाने , सदस्य नारायण पान्डे, लगाएत अन्य साथिहरु लागि परेका छन्।

सितगङ्गा नगरपालिका वाड न. १२ रजिया जोख्लेगैराका पहिरो पीडितहरुलाई वस्ती निर्माण अभियानमा सहयोगको लागी AED 700 (दिराम ) तथा आजको एक्सचेन्ज रेट अनुसार नेपालि पैसा रु-२२०००(बाईस हजाररुपैँया) शितगंगा समिति युएईका उपाध्यक्ष श्री प्रेमबहादुर बगल्दार मगर प्रबक्ता श्री संजिब बेल्बासे सदस्य श्री हरि बि.सिज्युको टोलिले लिएको जानकारी गराउँदै सम्पुर्ण सहयोगि दाता प्रति धन्यवाद दिंदै उक्त रकम हामीले अझै संकलन गर्ने र थप रकम एकमुष्ट गरि वस्ती निर्माण समितिलाई हस्तान्तरण गर्ने सितगङ्गा समिति युएई कार्यवाहक अध्यक्ष प्रेम बहादुर बगल्दार मगरले जानकारी गराउनु भएको छ।

हामी निरन्तर बस्ती निर्माणको लागि अभियानमा हाम्रो सदैब साथ रहने बगल्दारले बताउनु भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया