Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीको सन्धिखर्क बाँगी खोला र चुत्रावेसीको घोचेखोला मसाल बाजार क्षेत्रमा सार्वजनिक जग्गा मिची जाली ठोक्ने प्रक्रिया तिव्र रुपमा अगाडि (भिडियो सहित )

   
465   पटक पढिएको

गुरुदेव खनाल ,सन्धिखर्क।
कात्तिक २,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको सन्धिखर्क बाँगी खोला ,चुत्रावेसीको घोचेखोला लगयातका क्षेत्रमा सार्वजनिक जग्गा मिची जाली ठोक्ने र तारबन्दी लगाउने प्रक्रिया तिब्र रुपमा भईरहेको छ।

खोलाको किनारमा आफ्नो जमिन हुने जग्गा धनीले सार्वजनिक जग्गा आफ्नो कब्जा मा ल्याउँदै आदि खोलो नै मिचेर जाली ठोक्ने प्रक्रिया सन्धिखर्क र चुत्रावेसि मसाल बजारको घोँचेखोला क्षेत्रमा चलिरहेको छ। तर पौचको आधारमा सार्वजनिक जग्गालाइ केहि ब्याक्तिहरुले जाली ठोकेर आफ्नो कब्जामा ल्याउँदा समेत सम्बन्धीत निकाय मौन अवस्थामा रहेको देखिन्छ।

खोलाको किनारमा जग्गा हुने ब्याक्तिहरुले सार्वजनिक जग्गा (आदि खोलो )नै कब्जा गरेर जाली ठोक्दा सम्म संबन्धित निकाय चु- नबोल्दा र सार्वजनिक जग्गाको कुनै खोजिनिधि नगर्दा कतै सम्बन्धीत निकायको नै मिलोमतो छ कि भन्ने स्थानीयहरुको अड्कल बाजी रहेको छ।

पौच र बलको आधारमा यसरी सार्वजनिक जग्गा - आदि खोला नै मिचेर जाली ठोक्ने हो भने निकट भविष्यमा खोलाको किनारमा रहेका सर्वसाधारणका घरहरु खोलाको उच्च जोखिममा रहनेमा कुनै दुइमत हुँदैन ।

तसर्थ सार्वजनिक जग्गा हडप्ने ब्याक्तिहरुको सरोकारवाला निकाय द्वारा तुरुन्तै छानबिन हुनु पर्छ ,यद्वापी सरोकारवाला निकायलाइ बारम्बार यस बिषयप्रति ध्यानाकर्षण गराउँदा पनि कुनै चासो न देखाई मौन रहेको अवस्थामा? सार्वजनिक जग्गा मिचेर जाली ठोक्ने प्रक्रिया तुरुन्तै नरोकिएमा थप छानबिन गर्नका लागि जग्गा धनी विरुद्व स्थानीयहरु द्वारा सम्बन्धीत निकायमा उजुरी गर्ने चेतावनी दिएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया