Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्न्तमनको दिवासपना,विजयादशमीको हार्दिक मंगलमय शुभकामना : शंकर भुसाल

   
452   पटक पढिएको

अर्घाखाँची।
कार्तिक - ४ अर्घाखाँचीबुलेटिन - बिहानको १० बजिसकेछ ,न्यानो घामको किरण सङ्गै मन प्रफुल्लित छ । आज २ बर्षपछि गाउँ फर्किएर रमाउन पाउँदा । दसैंको नवरात्री शुरु भैसक्यो ,बिहानको खाना खाएर माइला बा को आँगनमा पुगेँ ,घर लिपपोत गरिसक्नुभएछ सफा चिटिक्क। एक्कासी बोल्नु भो माइला बा ! हाम्रा पाला दशैंको लागि १६ पाथी नुन ,चिनी र चियापत्ति पत्थरकोटबाट खाँचिकोट हुँदै अर्घातोष (वसन्तपुर गाउँ)लगभग २८ माइलको बाटो ३ दिनमा बोकेर आइन्थ्यो! " दशैंको दिन थियो बर्षमा चिया पिउने दिन!" खेतको धान काटेर ,केलाएर ७० मुरि धान बोकेर घर भित्राइन्थ्यो यतिबेला । बल्ल उठेर आइस् क्याहो त ?अक्कबक् भए म ! त्यो त्यहिँ जमाना थियो माइला बा ! अहिले पानी लिन पधेंरो जान पर्दैन ,घरमा पानी छ,बिजुलीबत्ति छ ,मोटरबाटो घर नजिकै आएको छ।

टेक्नोलोजीको विकासले मानव जीवन सहज छ। जमाना फेरियो माइला बा हिजो आफ्नै आँखाले देख्नुभयो दसैंको लागि पहिरोग्रस्त मोटरबाटो डोजरले चिल्लो बनाउँदै गरेको ,आफैं डोजरमा बसेरै स्थानीय अध्यक्षले खाल्डाखुल्डी पुर्न लगाएको ! हजुरको आँगन छेउको यो नयाँ सिमेन्टिको खानेपानी धारा हेर्नुस् त चौबिसे घन्टा पानी आइरहेको छ ! यहि हो माइला बा विकास सङ्गै परिवर्तन ! मुसुक्क हाँस्नु भो माइला बा !साच्चैँ भन्न आएको काम नै बिर्सेछु म त ! हाम्रो वार्ड कार्यालय बाट सबको मोबाइलमा म्यासेज आएको रहेछ, आज वार्डमा दशैंको शुभकामना आदानप्रदान कार्यक्रमको निम्तो रहेछ । लागौं बिस्तारै गाउँको विकास हेर्दै गफ गर्दै ! केहिछिन मै ,चिटिक्क परेर माइला बा बाटो लाग्नु भो गफ गर्दै अनि म लागे पछिपछि ! मुस्काउँदै बोल्नु भो माइला बा "हाम्रो अध्यक्ष हाम्रो अभिभावक जस्तै छन् हरेक दशैंमा सबलाई बोलाएर सुख ,दुःख बाड्छन ! प्रत्येक महिना घरघरमा पुग्छन् समस्या बुझ्न गरीव दुखिका भगवान् बनेर !" मेरो पालो बा गोरेटो बाटो पनि चिटिक्क भएछ गाउँमा । केहिबेर हिडेपछि आइ पुगियो मोटरबाटोमा, ओहो: यो पिपलबोट हाम्रो हजुर बा का पालाको कति राम्रो पर्खालले संरक्षण गरिएछ, बस्ने चौपारी पनि! अनि सङ्गैको यो शिवालय मन्दिर पनि नयाँ भएछ, सफा चिटिक्क लिपपोत ,रङ्गरोगन,अनि सोलारबत्तीको झिलिमिली! स्थानीय प्रतिनिधिको जोडले गर्दा, यो सब सम्भव भो माइला बा बोल्नु भो !

टिट् ,टिट् अावाज गर्दै एउटा ट्याक्सी आएर रोकियो हाम्रो अगाडि । माइला बा म तिर हेरेर मुस्काउँदै भन्नुभयो, "हाम्रो वार्डको निशुल्क बृद ट्याक्सी सेवा हो ! हामिलाई फ्रि सेवा छ लिन आएको !" वयस्कलाई भने डिजेलको पैसा बराबर शुल्क लाग्छ ! अध्यक्ष ज्यु पनि यहिँ ट्याक्सीमा चढ्ने हुदाँ ड्राइभर चाहिँ वार्डबाटै।

कोरेनाको महामारी छ, माक्स लगाएर अगाडिको सिटमा बस्नुस् माइला बा! म पछाडिको सिटमा बसेँ ! अहो पछाडिको सिटमा त हेडसर बसेर आउनु भएको रहेछ! सर नमस्कार ! म छेउमा बसे ट्याक्सीले यात्रा शुरु गर्यो। हेडसर ज्यु कस्तो राम्रो विकास भएछ है हाम्रो गाउमा आन्नद आयो सबै गाउँलेको मुहारमा मुस्कान देखेर ! सर बोल्नु भो , राम्रो विकास भएको छ स्थानीय सरकारले विकासको अनुभूति गरायो ! कोरोनाको महामारिले स्कुल बन्द भए ! सहरमा पढेका, कलेज पढाउदै गरेका, बिभिन्न विषयका विज्ञ युवाहरु गाउँ फर्किएको मौकामा स्थानीय सरकारले हामी पुराना शिक्षकहरु बिच छलफल र नयाँ प्रविधिको प्रयोग , नयाँ शिक्षण प्रणाली , ज्ञानसिप आदानप्रदान गराएर हाम्रो हौसला बढायो नयाँ जागँर थपियो। धन्यवाद छ स्थानीय सरकार प्रमुखलाई शिक्षकहरूको तर्फबाट ! मेरो आखाँहरु ट्याक्सी भित्रबाट बाहिर निस्किहाले, आहाँ बाटोबाटै देखिने पुरानो सुपादेउराली मन्दिर चट्ट रङ्गरोगन सङ्गै फर्फराएका पतकाहरु !

सल्लेरीको बाटो कुदिरहेको ट्याक्सी बाट प्रष्ट देखिन्थ्यो यात्रु प्रतिक्षालय ,सङ्गै खानेपानीको धारा! विस्तारै स्थानीय बजार प्रवेश गर्यो ट्याक्सीले सफा मोटरबाटो , मिलेको बजार ,सडकमा सोलार बत्ती सङ्गै रङ्गिन फुलहरू ढकमक्क फुलेका! मेरो गाउँमा साच्चिकै विकासको अनुभूति भो आज मलाई ! एकैछिनमा ट्याक्सीले पुर्यायो वार्ड कार्यालय ! कार्यक्रम वार्ड कार्यालय भवन भन्दा माथिको खुल्ला चौरमा रहेछ! साबुनपानीले हात धोएर ,नयाँ मेडिकल माक्स लगाएर, पुगियो! कार्यक्रम स्थल १२० मिटर लामो ,लगभग ४० मिटर चौडा ! यो चौर रङ्गशाला बनाइदै छ रे! अाज मेरो प्रफुल्लित मन धौलागिरी हिमालको सुन्दर मुस्कानसँग रमाइरहेछ! ठुलो चौरमा स्थानीय निर्मित बाँसका मुढाहरु ,सामाजिक दुरिमा राखिएको रहेछ! सबै मिलेर बसेका थिए ,माइला बा र म पनि बस्यौं ! अब हाम्रा आखाँ मञ्च तिर तेर्सिए ! सानो मिलाएर लगाइएको टेन्ट वार्डको अाफ्नै रहेछ! मञ्चमा २ जना पात्र थिए ! एउटा अधबैंसे युवा कार्यक्रम सन्चालक वार्ड सदस्य र अर्को बुढापाका हाम्रो स्थानीय सरकार प्रमुख दौरा शुरवाल अनि पाल्पाली ढाकाको टोपीमा ।

सञ्चालक युवा वार्ड सदस्यले मिठो आवाजमा बोल्न शुरु गरे ! हजुरहरूले देख्नुभएकै छ ,बुझ्नुभएकै छ ,भोग्नुभएकै छ हामिले गरेको विकास घरघरमा पानीको धारा , बिरामीको लागि आफ्नै एम्बुलेन्स सेवा ,बृद ट्याक्सी सेवा,जाडोयाममा न्यानो कपडा वितरण, हाम्रो वार्डको माध्यमिक विद्यालयको स्तर उन्नती, अङ्ग्रेजी नेपाली भाषामा पढाइ हुदै गर्दा यो बर्ष ५ नम्बर प्रदेशको उत्कृष्ठ मा वि बाट सम्मानित , प्रत्येक गाउँमा दुध जम्मा गर्न फ्रिज अनि लोकल बजारमै दुध सङ्कलन केन्द्र, ६/६ महिनामा निशुल्क स्वास्थ्य शिविर, मोटरबाटोको छेउछाउमा फुल रोपन, स्थानीय तरकारी फलफुल सङ्कलन गर्न मिनिभ्यान सेवा , हजुरलाई थाहा नै छ ५ दिन पहिले त हो हजुरहरूले उत्पादन गरेको काक्रो,कबेलि स्कुस संकलन गरि ११ट्रक बुटवल पठाइएको ,सामाजिक संस्थाहरुको सक्रियतामा बिभिन्न स्वास्थ्य जनचेतना मुलक कार्यक्रमहरु !

यहि त हो विकास ! गर्र ताली बज्यो सकिएछ उनको मन्तव्य ।

अब बोल्ने पालो स्थानीय सरकार प्रमुखको !

प्रमुख अध्यक्ष बोल्न शुरु गर्नु भो , नमस्कार तथा विजयादशमीको शुभकामना

कोरोना महामारीको कारण लकडाउनको शुरुवात मै गाउँ पालिकाको सहयोग र मेरो पहलमा ३००बिपन्न परिवारलाई खाध्य सामाग्री बाडिएको थियो ! त्यो सुचना खबर सबैको मोवाइलमा म्यासेज गरिएको थियो ! लकडाउनको समय बुटवल ,काठमाडौंमा अलपत्र वार्डबासि दाजुभाइ , दिदीबहिनीहरुलाइ म अाफै पुगेर ,निशुल्क बससेवा मार्फत गाउँसम्म उद्दार गरेको कुरा हजुरहरुलाई अवगत नै छ !यो महामारीको समयमा , हाम्रो वार्डको टिम निरन्तर काममा खटेर हाम्रा अभिवावकहरु ,मनका धनी व्यतित्वहरु ,बुटवल काठमाडौं अन्य विभिन्न ठाउँबाट , युवा सामाजिक अभियन्ताहरुको पहलमा ,केहि खाध्यान्न सङ्कलन गरेका छौ हजुरहरुको सेवामा स्विकार्नु होस्! ( लगभग चामल १७५०केजि /दाल १४०० केजि /तेल १४०० लिटर/चिनी १४००केजि /अनि चियापत्ति ७केजि ) साथै म र मेरो वार्डको तर्फबाट केहि रकम जम्मा रु ७०,००० नगद हजुरहरुलाई छुट्याएका छौं !मुस्कुराउँदै बोल्नु भो "यो वार्ड मेरो घर हो हजुरहरु मेरो परिवार सबको चुलोमा आगो बाल्नु मेरो जिम्मेवारी" ७००घर धुरिले पालैपालो लिनुहोस् ! चामम ,तेल, दाल ,चिनी र चियापत्ति ! अनि नगद रु १०० दक्षिणा स्वरुप! दशैंको दिन रिचार्ज कार्ड किनेर बिदेशी छोराछोरीलाई फोन गरि दुःख सुख बाड्नुहोला ।

अन्त्यमा सम्पुर्ण युवासाथीहरुलाइ अनुरोध ! टोलमा रहेका सोलार बत्ती बाल्ने निभाउने गर्नुहोला अनि गाउँको फ्रि वाईफाई जोनमा भिडभाड नगरिदिनु होला, धन्यवाद! गर्रर ताली सबै बाट ।अब सामाजिक दुरिमा राखिएको खाध्यान्न सङ्गै नगद लिन सुरु ! माइला बा ले पहिला लिनु भो ! अब मेरो पालो , ठुलो प्याट आवाज अचानक दसैंको लागि जोगाएर राखेको काक्रो खसेर फुटेछ ! आमा : ए शंकर उठ ! झसङग ब्युँझिए मिठो मुस्कानमा दिवासपनाको निद्रा बाट।
✍️मेरे कलम

लेखक भुसाल मालारानी गाउँपालिका वडा नम्बर १ बसन्तपुर निवासी युवा अभियान्ता हुनुहुन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया