Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेताको उपचारमा राज्यबाट भएको खर्च फिर्ता हुनु पर्छ: भिम उपाध्याय

   
294   पटक पढिएको

कोरोना कहरको समयमा सरकारले उपचार नगर्ने संक्रमित आफैले उपचार गर्नु पर्ने भनी बाहिर आएको समाचार संगै एक प्रकारको तंरगं देखिएको छ।

कोरोना संक्रमितहरुले आफ्नो उपचार आफै गर्नु पर्ने भन्दै सरकारले उदघोष गरे संगै सरकारी अस्पतालहरुले कोरोना संक्रमण भएका व्यक्तिले अस्पतालमा भर्ना हुन पुर्व मोटो रकम डिपोजित गर्नु पर्ने भन्दै धमाधम सूचना जारी गर्न थाले पछि सामाजिक आन्दोलनमा लागेका अभियन्ता भिम उपाध्यायले आफ्नो आधिकारीक फेसबुक मार्फत सरकारले सरकारी रकममा उपचार गराउने नेताहरुका लागी गरेको खर्च फिर्ता गर्नु पर्ने बताएका छन् ।

उपाध्याले फेशबुकमा लेखेका छन्, “सरकार सुबिधामा संक्रमित नेताहरूलाई भर्ना नगर्ने र गरिए सबै खर्च उनीहरू आफैले नै गरिने कडा ब्यवस्था गरियोस् ।”

सरकारले उपचार नगर्ने भन्ने विषयमा चौतर्फि विरोध हुन थाले पछि प्रधानमन्त्री केपि शर्मा ओलीले हिजो शनिवार देशवासीका नाममा सम्वोधन गर्दै आफु गरिब भएको र आफुले उपचार गर्न नसक्ने जानकारी दिएमा त्यस्ता व्यक्तिहरुको राज्यले उपचार गर्ने बताएका थिए ।अहिले नेपालमा कोरोना फैलनुमा सरकार, सरकारी कर्मचारी र राजनितिक दलहरु प्रमुख दोषी रहेको समेत रहेका उपाध्यायको अरोप छ । उनी “फेसबुकमा लेख्छन् नेपालमा कोरोना संक्रमण विस्तार गर्ने मूल एजेन्टहरू दलका नेताहरू, सरकारी निकायहरू नै हुन् ।

कोरोना फैलन सहयोग पुग्ने गरि नेता कार्यकर्ताहरुले सरकारले गरेको लकडाउन र निषेधाज्ञाको उलंघन गर्दै देशभरमा पार्टीका विभिन्न गतिविधि, भेला, सभा, पार्टी सदस्यता वितरण, पार्टी प्रबेश लगायतका कार्यक्रमहरु संचालन भएका कारण पनि कोरोना तिब्र रुपमा फैलिएको उपाध्यायले लखेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया