Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

केपी ओलीलाई हटाउँदैमा देश संकटबाट मुक्त हुँदैनः कमल थापा

   
129   पटक पढिएको

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले देशलाई समस्याको चक्रव्यूहबाट मुक्त गर्न ‘कस्मेटिक’ परिवर्तन गरेर मात्र नहुने टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत थापाले केपी ओलीको ठाउँमा कुनै दलको नेतालाई स्थापित गरेर देश संकटबाट मुक्त नहुने दाबी गरे।

समस्याको चक्रव्यूहबाट देशलाई मुक्त गर्न मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यका बारेमा पुनर्विचार गर्नु जरुरी रहेको उनको भनाई छ। ‘समस्याको चक्रव्यूहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र/अवधारणामा सुधार नगरेसम्म ‘कस्मेटिक’परिवर्तनको कुनै अर्थ रहँदैन..,’ थापाले भनेका छन्, ‘केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कंग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट निकास पाउँदैन।’

भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागवण्डा कायम गरेको उनको आरोप छ। ‘परराष्ट्र नीति सञ्चालनमा असन्तुलन देखिएको छ.. नेकपा नेतृत्वको सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको छ भने सरकार माथि अर्को छिमेकी चीनको भरोसा पनि धरमराएको छ..’ उनले भनेका छन्, ‘भ्रष्टाचारदेखि.. राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागवण्डा कायम गरेका छन्।’

अध्यक्ष थापाले अगाडि भनेका छन्, ‘नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यबारे पुनर्विचार गर्नु जरुरी भएको छ। धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत सङ्ग्रह गर्नेबारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया