Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

शिव हमालको लय तथा शब्द सिर्जनामा "निरमाया" बोलको गीत बजारमा (भिडियो सहित )

   
119   पटक पढिएको

माधव पौडेल ।
कार्तिक १९, अर्घाखाँचीबुलेटिन - नेपाली गीत संगीतको बजारमा पछिल्लो समय लोक दोहोरी गीतहरुले राम्रो बजार तताएका छन् ।अर्को शब्दमा भन्ने हो भने लोक दोहोरी गीतहरुले निकै ठुलो फड्को मारिरहेका छन्।लोक दोहोरी गीतका श्रोता दर्शकहरु बढ्दो क्रममा छन् ।ऊनीहरुको सांगीतिक प्यास मेटाउनको लागि नेपाली गीत संगीतको बजारमा थुप्रै गीतहरु समय समयमा सार्वजनिक भैरहेका हुन्छन् ।

त्यसैगरी बजारमा निकै राम्रा सिर्जनाहरु प्रस्तुत गर्ने सर्जकको रुपमा शिव हमाललाई लिन सकिन्छ।लालुमै , झुम्का झलक्कै जस्ता थुप्रै गीतहरुले राम्रो बजार पाइरहेका छन् ।यतिबेला उनकै लय तथा शब्द सिर्जना निरमाया बोलको लोक दोहोरी गीत बजारमा आएको छ।जसमा सुमधुर स्वरकी धनी गायिका अन्जु पन्त , त्यसैगरी रविन गुरुङ र निश्चल गुरुङले आवाज दिएका छन् ।

पुष्प खड्का , कविता नेपाली र चक्र बमले अभिनय गरेको यस गीतलाई मौसम हिमालीले निर्देशन गरेका हुन।गीत oneDB मा रेकर्ड भएको थियोे ।शिव हमालको आधिकारिक युटुब च्यानलबाट युटुबमा सार्वजनिक गरिएको छ।

हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया