Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

विदेशिएका दाजुभाइको सम्झनामा पिरोलिएका दिदीबैनीको पिंडामा आधारित पुराना जनवादी सर्जक राजु ढकालको सिर्जना "माइती"सार्वजनिक (भिडियो सहित )

   
394   पटक पढिएको

काठमाण्डौ। नेपालका करिब ४० लाख युवाहरु वैदेशिक रोजगारीमा गएको अनुमान छ । दैनिक सयौं युवाहरु विभिन्न देशमा रोजगारीका लागि जाने गर्दछन् । संसारभर छरिएर रहेका नेपाली युवाहरुमध्ये कतिपयको विभिन्न कारणले उतै मृत्यु भएको र रातो बाकसमा फर्किएका ह्रदयविदारक तस्बिरहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक देखिन्छन् ।

परिवारको भरणपोषण गर्न विदेशिएका युवाहरुको अकालमै ज्यान जाँदा सम्बन्धित परिवारलाई पर्ने बज्रपात शब्दमा बर्णन गर्न सकिँदैन । पति, पुत्र वा पिता वियोगको पीडा भोग्नेलाई मात्र थाह हुन्छ । तैपनि समयले सबै घाउहरु पुरिँदै गएजस्तै त्यो पीडा पनि परिवारजनले बिस्तारै भुल्दै जान बाध्य हुन्छन् ।

तर, चेलीहरुका लागि भने आफ्ना माइतीसँगको बिछोडको पीडा कहिल्यै भुल्न नसक्नेगरी मुटुमा बिझिरहन्छ । जब तिहार आउँछ, अनि माइतीसँगको बिछोडको पीडाले झनै अत्याउँछ । दाजुभाइसँगको वियोगमा परेका चेलीलाई हरेक वर्ष भाइटिकाको दिन खल्लो र पीडादायी हुन्छ ।

यस्तै कथाहरुलाई समेटेर गीतको शब्द तथा संगीत राजु ढकालको छ भने स्वर रक्तिम सांस्कृतिक अभियान सुर्खेतकी उम्दा कलाकार मिरा थापाको रहेको छ भने अखिल (छैठौं)की नेत्री खगेन्द्रा विष्टको उत्कृष्ट अभिनय रहेको छ । अभिनयमा मिन राना, स्वनम लामा लगायत कलाकारले साथ दिएका छन् ।

भिडियो आश्रम म्युजिक प्रा.लि.द्वारा सार्वजनिक गरिएको छ

हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया