Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कराँची किङ्सले कलान्दर्सलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक पीएसएलको जित्यो उपाधि

   
81   पटक पढिएको

एजेन्सी । कराँची किङ्सले पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।कराँचीस्थित नेसनल स्टेडियममा मंगलबार राति भएको फाइनलमा लाहोर कलान्दर्सलाई ५ विकेटले पराजित गर्दै कराँचीले उपाधि जितेको हो ।

लाहोरले दिएको १ सय ३५ रनको लक्ष्य कराँचीले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

कराँचीको जितमा बाबर आजमले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै चाड्विक वाल्टनले २२ रन जोड्दा सर्जिल खानले १३ रन बनाए । एलेक्स हेल्स ११ रनमा आउट भए ।

लाहोरका हरिस राउफ र दिल्बार हुसेनले २/२ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लाहोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

लाहोरका तमिम इकबालले ३५ रन जोड्दा फखर जमानले २७ रन बनाए ।कप्तान सोहिल अख्तर र डेभिडले १४/१४ रन बनाए ।कराँचीका वाकस मक्सुद, अर्शाद इकबाल र उमेद आसिफले १/१ विकेट लिए ।

यससँगै कराँचीले पहिलो पटक पीएसएलको उपाधि जित्न सफल भयो ।

पहिलो पटक फाइनल पुगेको कराँचीले पहिलो अवसरमै उपाधि जितेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया