Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जनप्रतिनिधिको आफ्नै पा'रा,अहिलेको तिहारमा भैलो नखेले संस्कृति मेटिने

   
174   पटक पढिएको

अनिल खत्री।
मंसिर ४ गुल्मी - हिन्दुहरुको दोश्रो ठूलो महान चाड तिहार भाईटिकाको दिन टीका लगाई सके पछि गुल्मीको मदाने गाउँ पालिका १ अग्लुङ्ग साबिकको वडा नम्बर ०८ मा देउसी भैलो खेलिएको हो। पहिले देखि चली आएको देउसी भैलो वा आफ्नो सस्कृती लाई जोगाउन भनी खेलिएको सेर बहादुर खत्री ले बताएका छन।

तेत्तिकैमा म पनि भैलो खेलेको जानकारी पाए अनुसार तेहा पुगेको थिए।केही बेर हेरे तेहि बेला अग्लुङ्ग वडा सद्स्य समेत रहनु भएका नबराज मल्ल टुप्लुक्क आईपुग्नु भयो,अनि मलाई सोध्नु भयो कसरी खेलिदै छ मैले जबाफ दिए यो बारेमा तपाईं लाई थाहा नभएको कुरा मलाई पनि थाहा भएन कसरी किन खेलियो मैले जबाफ दिए। एक्छिनमा वडा सद्स्य मल्ल भैलो रोक्न भन्दा पनि यस्तो महामारीको किन कसलाई सोधेर खेलियो भन्ने प्रस्न गर्नु भयो यसो हेर्दा सोही गाउँका सरकारी जागिरे मध्य ८० % भैलो खेलेको मैले पाए ।

कुरा बुझ्दा मल्ल र भैलो खेल्ने अधिकास मदिरा सेबन गरेको पाईयो मल्ल कुरा निकाल्न नपाउदै मालपोतका एक कर्मचारी लोकेन्द्र कुवर भैलो खेल्न किन नपाउनु सद्स्यको कुरा उहाँ सुन्नु भएन उल्टो दम्काउदै कोहि छ भरत कुमार सर्मा सङ्ग कुराकानी गर्न सक्ने म कुरा मिलाउछु हेर्न मन लागेका हेर्नू नत्र नहेर्नु उहाका दाइ प्रेम कुवरले थप्नु भयो ।मल्ल अब केही उपाए लागेन छेउमा बसेर राम्चे भन्दा अर्को बिक्ल्प भेटिएन । मैले सोध्दा वडाले नखेल्नु भनेर सुचना जारी गरेयो लागू भएन भनेर उत्तर दिनु भयो। वडा भित्र बुझ्दा केही वडा हरुमा भैलो खेलेको समेत पाईयो। के जिल्ला प्रसासनले तेयो भैलो खेल्न निर्देशन दिएको हो ? पावर हुनेले जे गर्न पनि पाउने नियम बनाएको छ ?

मलाई केही आपत्ती छैन आफ्नै गाउँमा रमाइलो गरिएको हो भैलो खेल्न पाउनु पर्छ तर सरकारले तोकेको स्वास्थ मापदण्डका साधन अपनाउनु पर्ने हो भन्दा सेर बहादुर खत्री भन्नू भयो आफ्नै गाउँको पत्रकार ले त कुरा लुकाउनु पर्ने किन बोले होला म माथी प्रस्न थापियो अर्को कुरा त मल्ल लाई अनिल खत्रीले फोन गरेर बोलाएकै हो भनेर सेर ब खत्री दुस्मन तरिकाले उभिनु भयो ।

तर म पनि अडिक छु कि हामी लोकतन्त्र भएको देशमा छौ देखेको बोल्न पाउछौ लोकतन्त्रको अर्थ केही उहाले बुझ्नु जरुरी छ । गुल्मीलाई हेरेयौ भने कति बेला लकडाउन गर्न पर्छ भन्ने टुङ्गो छैन अबस्था यस्तो भाको बेला म अनि हामी चुप बसेर हेर्ने अबस्था पनि रहेन ।

ठाडो प्रस्न छ कि जिल्ला प्रसाशन केको लागि हो ? देख्ने ठाउमा राम्रै छ नदेख्ने ठाउँमा कोरोनाको अर्थ यसले पार्ने प्रभाब के भन्ने अझै बुझाई समेत छैन । भैलोमा करिब ५० /६० जनाको भिड समेत रहेको थियो जहाँ माक्स लगाउने १० जना भन्दा बढी थिएनन ।

जनताले चुनेका जनप्रतिनिधि झन बोले उल्टो हामी नै तलाई तेयो ठाउमा पुर्याएको भन्ने प्रस्न समेत हल्लामा सुनिएको थियो। कतिपय धेरै नेपाली दाजु भाइ तथा दिदी बहिनी हरु प्रदेशमा धेरै समय रहदा र फर्किदा टीका लगाउन र रमाइलो गर्न भुल्दैन होला तर यस्तो अबस्थामा १ बर्ष मात्र भैलो नखेल्दा के अर्को साल टीका नै लगाउन पाइदैन भैलो खेल्नै बिर्सिन्छन त अनि कसरी हराउछ आफ्नो सस्कार र सस्कृती ?

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया