Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

देशभर आज १९४५ जनामा कोरोना संक्रमण पुष्टि : कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुग्यो

   
69   पटक पढिएको

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्।

यो सहित कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।

आज देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन्। आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २ सय ९८ जना संक्रमितको मृत्यु भइसकेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया