Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीको ढाकावाङ्गमा चार बर्षीय नातिलाई बचाईदिन हजुरआमाको हारगुहार

   
578   पटक पढिएको

अर्घाखाँची।
मङ्सिर ६,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नं.२ ढाकावाङ्ग निवासी ६२ बर्षिय निमकला खनालकाे राेएरै दिन बित्ने गरेकाे छ । बेदनाकाे पहाड बाेकेर बाँचेकी निमकलाका श्रीमान बितेकाे बर्षाै भएकाे छ । जेठाे छाेरासंगै बस्दै आएकी उनी अहिले नातिकाे पिरले भाेकतिर्खा हराएकाे छ । चार बर्षका नाति अनुजलाई अहिले गम्भीर राेग लागेकाे छ । छुमुछुमु हिड्ने पाईला र ताेते बाेली दैवले कति बेला चुड्ने हाे सन्त्रासमा छिन् उनि । फूल जस्ताे नाति आफ्नाे जीवनभन्दा प्याराे लाग्छ उनलाई ।

नातिसंगै खेलेर दुख बिर्सिने गरेकी निमकला सुर्ता सपना नाति कै छ ।मेलापर्व जे आए पनि उनकाे आङमा घाम लाग्दैन । अर्काे महिनाकाे खर्च कहाँबाट जुटाउने भन्ने पिराेलाेले मात्रै सताईरहन्छ उनलाई ।अनुज खनाल जन्मेदेखि नै अस्वस्थ छन् । उनलाई थाले सिमिया भन्ने राेग लागेकाे छ । उनलाई जन्मेकाे ४ महिनादेखि अहिलेसम्म अरूकाे रगत दिएर बचाईएकाे छ ।राेगकाे कारण शरीरले रगत उत्पादन गर्न छाडेपछि उनलाई बचाउन निरन्तर अरूकाे रगत आवश्यकता परेकाे हाे ।उनकाे उपचार शुरूमा काठमाण्डु र अहिले आम्दा अस्पताल भैरहवामा हुँदै आएकाे छ ।

अनुज खनाललाई जन्मेकाे ४ महिनादेखि उपचार गर्दै आएकाे उनकी आमा शाबित्रा खनालले बताईन् । “सुरूमा एक एक महिनामा उपचारकाे लागि काठमाडौ लैजानु पर्दथ्याे । अहिले प्रत्येक २१ दिनमा आम्दा अस्पताल पुर्याउनु पर्दछ,” उनले भनिन्, “उपचारमा ढिला भए बच्चा आत्तिने, खाना नखाने, शरीर सेताे हुँदै जाने र बेहाश हुने गर्छ।”

यसरी प्रत्येक पटक आउँदाजाँदा औषधि उपचार खर्च जुटाउन सारै मुस्किल परेकाे उनकाे भनाइ छ ।डाक्टरले याे राेग बाट बच्चालाई बचाउन सधै रगत दिएर मात्र सम्भव नहुने हुँदा बाेनमेराे फेर्नुपर्ने बताएका छन् । यस्काे उपचार खर्च न्युनतम पनि ३० लाख लाग्ने डाक्टरहरू बताउँछन् ।शावित्राकाे श्रीमान भारतमा छन्, लकडाउनका कारण उनकाे जागिर पनि धरापमा परेकाे छ । अनुजकाे दाजु १२ बर्षकाे छन् ,उनलाई पनि आँखा नदेख्ने राेग लागेकाे छ ।

पहिलाे छाेरा आँखाकाे कमजोरी हुनु, सानाे छाेरा गम्भीर राेग लाग्नु घरमा सहयाेग गर्ने काेही नहुनुले अन्धकार छाएकाेछ याे घर परिवारमा ।
नातिलाई बचाउन बारम्बार सहयाेग पुर्याउने चासाे चिन्ता राखिरहने छाेरी बिष्णुमाया खनाल “भुसाल”काे अतुलनिय याेगदान भएकाे आमा निमकला बताउनु हुन्छ । साथै याे दुखमा साथ दिने घरदैलाेमा आएर सहयाेग गर्ने सबैलाई धन्यबाद भन्नुहुन्छ ।

आउनुहाेस् उहाँहरूकाे दु:खमा हामी पनि सहयोगी बनाै ,पराेपकारभन्दा ठूलो धर्म अर्काे कुनै छैन । हाम्राे सानाे सहयाेगले त्याे अबाेध बालककाे जीवन बच्न सक्छ । सबै पुण्य आत्माहरू, परोपकारी मनहरूसंग उहाँहरूले अनुजकाे जीवन रक्षार्थ अपील गरिरहनु भएकाे छ, सहयाेगकाे अपेक्षा गर्नु भएकाे छ । एकपटक पत्रकार रविलाल पाैडेलले उनकाे बिषयमा तयार पारेकाे भिडियो पनि हेर्नुहाेस् , मन पलाए हामीलाई सम्पर्क गर्नुहाेस् ।

सहयाेगकाे निम्ति बैक खाता नं. र सम्पर्क नं. यस प्रकार छन् :-

 

*अनुज खनाल, खाता नं.०५१०१४३२४३४०००१७
एनएमबि बैंक लिमिटेड, सन्धिखर्क, अर्घाखाँची ।
*कवि खनाल ,ढाकाबाङ्ग : ९८५७०२९२१६
* राम प्रसाद पन्थी (सन्धिखर्क): ९८५७०२९५५६
* निमकला खनाल (ढाकावाङ्ग ): ९८४४७७८१७४
* बिष्णु खनाल “भुसाल ” (काठमाण्डाैं):९८४१९९०४५४
* रविलाल पाैडेल, पत्रकार (बुटवल ):९८५७०६४६५८
* हिम लेकाली, पत्रकार (अर्घाखाँची ):९८५७०६१४२८

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया