Arghakhanchi Bulletin : The Fastest News Publisher

कांग्रेस नेता केसीले गरे अब कहिल्यै चुनाव नलड्ने घोषणा

   
944   पटक पढिएको

सोलुखुम्बु मंसिर २४- नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। यस वर्षको प्रतिनिधिसभा सदस्यको निर्वाचन नै आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य उम्मेदवार केसीले बताए। सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘अब म पार्टीको सुदृढीकरणका लागि लागिपर्छु।’

नेता केसीले पार्टीका उम्मेदवारहरुले पराजय भोग्नु परे पनि जनताको विचारलाई आफूहरुले जित्न सफल भएको जिकिर गर्दै मतदातालाई धन्यवाद व्यक्त गरे। नेपाली कांग्रेसले चुवाव हारे पनि जिल्लाको विकास र जिल्लालाई समृृद्धितर्फ लाने विषयम कांग्रेसको सदैव साथ र सहयोग रहने उनले बताए। विसं २०४८ यता सम्पन्न निर्वाचनमा चार पटक जितेका केसीको यो दोस्रो हार हो। विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका गोपाल किराँतीसँग पराजय भएका केसी यस पटक नेकपा माओवादी केन्द्रकै हेमकुमार राईले पराजित गरेका हुन्।

आफ्नो चुनावी समीक्षामा पार्टी पराजित हुनाको प्रमुख कारण गुटगत राजनीति भएको कांग्रेसले निष्कर्ष निकालेको छ। नेता केसीले जिल्लामा कांग्रेस सबै एक भएर नलाग्नाले तीनै स्थानमा पराजय व्यहोर्नुपरेको बताए। कांग्रेसका तर्फबाट प्रदेशसभा (क) का उम्मेदवार प्रकाशसिंह कार्कीले मतदाताले रुचाउँदा रुचाउँदै पनि संगठनको कमजोरीका कारण पराजय भोग्नुपरेको बताए। उनले भने, ‘जनताले हामीलाई चाहेकै हुन् तर संगठन निर्माण गर्नेको कमजोरी भयो।’ प्रदेशसभा (ख)का उम्मेदवार आङगेलु शेर्पाले पनि पार्टी एक हुन नसक्दा जनताले चाहेर पनि कांग्रेसले हार बेहोर्नु परेको बताउँदै पार्टी र संगठनभित्र कमजोरीको समीक्षा गरेर अगाडि बढ्ने जानकारी दिए।

पूर्वपार्टी सभापतिसमेत रहेका शेर्पाले पार्टीमा विगतदेखिको समस्या सुल्झाउनु नसक्नु नै पराजयको प्रमुख कारण भएको बताए। उनले भने, ‘अबको पाँच वर्षमा पार्टी सुदृढीकरण गरेर बहुमतले विजयी हुने गरी कांग्रेसले काम गर्नुपर्छ।’ रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी