Arghakhanchi Bulletin : The Fastest News Publisher

‘मतदाताको सहभागिताले मुलुकलाई समृद्ध बनाउन योगदान’

   
598   पटक पढिएको

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा सरकार, निर्वाचन आयोग, राजनीतिक दल, राष्ट्रसेवक, सुरक्षा निकाय, निर्वाचन पर्यवेक्षण निकाय तथा आमसञ्चार जगत्प्रति कृतज्ञता व्यक्त गरेका छन् । 

राष्ट्रपतिले आज सन्देश दिँदै नेपाली जनताको लामो, कठोर र अनवरत संघर्षको फलस्वरुप प्राप्त संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपछि भएको निर्वाचनमा नेपाली आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीले उत्साहपूर्वक सहभागी भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गरेकामा धन्यवाद व्यक्त गरेका छन्  ।

नेपाललाई आर्थिक–सामाजिक रुपले समृद्ध बनाउने दिशामा मतदाताबाट निर्वाचनमा भएको सहभागिताले ठोस योगदान पुर्याएको तथा लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउन सहयोग पुगेको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरे । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी