Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता

   
1461   पटक पढिएको

सन्धिखर्क, अर्घाखाँची  । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सदरमुकाम सन्धिखर्कको टुडिखेल स्थित सभाहलमा कडा सुरक्षाका साथ जारी छ । 

 

राती १० बजे सम्मको मत गणना  परिणाम अनुसार प्रदेश सभा क्षेत्र नम्बर-१  - नेकपा एमाले (बामगठबन्धन ) १२३५ - नेपाली कांग्रेस - १०७७ र  प्रदेश सभा क्षेत्र नम्बर-२  - नेकपा एमाले (बामगठबन्धन ) १५४६ - नेपाली कांग्रेस - १०७४ -नेकपा माले - २४ नेपाल मजदुर किसान पार्टी - ४४ नयाँ शक्ति पार्टी नेपाल - १२ - बदर - १०५ रहेको छ । 

 

चेतनारायण आचार्यको  बिष्णु खनाल भन्दा १४८ मतले अग्रता रहेको छ । यस्तै रामजी घिमिरेको  हिम्मत टण्डन भन्दा ४८१ मतले अग्रता रहेको छ ।

 

चुनावी  प्रतिस्पर्दामा उत्रिएका  उम्मेदवारहरुको विवरण :-

 

प्रतिनिधि सभा

 

(१) टोप बहादुर रायमाझी (माओबादी केन्द्र, बामगठबन्धन)

(२)डा. राम बहादुर बि.सी (नेपाली कांग्रेस )

(३)भोजराज दमासे ( एकीकृत रा. प्र. पा. राष्ट्रवादी)

(४) छन्दबहादुर पन्थी ( नयाँशक्ति पार्टी नेपाल )

(५) बिष्णु प्रसाद मिश्र ( विबेकशिल साझा पार्टी )

(६) बिष्णु कुमार गुरुङ ( मंगोल नेशनल अर्गनाइजेसन )

(७) डिल्लीराज भुसाल ( स्वतन्त्र )

 

प्रदेश सभा क्षेत्र नम्बर १

(१) बिष्णु प्रसाद खनाल ( नेपाली कांग्रेस )

(२) चेतनारायण आचार्य ( नेकपा एमाले )

(३) गोकर्ण बहादुर थापा क्षेत्री ( नयाँ शक्ति पार्टी )

(४) हरिप्रसाद भुसाल ( बिबेकशिल साझा पार्टी )

 

प्रदेश सभा क्षेत्र नम्बर-२

(१) हिम्मत बहादुर टण्डन( नेपाली कांग्रेस )

(२) रामजी प्रसाद घिमिरे ( नेकपा एमाले )

(३) बिना सुनार (नेकपा  माले )

(४) गणेश पौडेल ( नेपाल मजदुर किसान पार्टी )

(५) टुकमान हिताङ (मनिष सिंह) (नयाँ शक्ति पार्टी नेपाल )

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया