Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीमा प्रदेशसभाको मतगणना शुरु हुँदै

   
1064   पटक पढिएको

सन्धिखर्क, अर्घाखाँची  । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सदरमुकाम सन्धिखर्कको टुडिखेल स्थित सभाहलमा कडा सुरक्षाका साथ शुरु भएको छ ।

 

अहिले केही समयमा प्रदेशसभा निर्वाचनको मतगणना शुरु हुँदैछ । प्रतिनिधी सभाका आधा मत गनेर सकिन लाग्दा प्रदेशसभाको मतगणना हुन लागेको हो ।    प्रदेश सभाको मतगणनाको शुरुवात क्षेत्र नं. १ को चिदिका र २ को अड्गुरीबाट हुने भएको छ । 

 

प्रतिनिधी सभाको मतगणना हिजो मध्यरात ११:४५ बजे देखि जारी छ । अपरान्ह ५ बजे सम्म टोप बहादुर रायमाझीले राम बहादुर बिसी भन्दा ६,८८९ मतले अग्रता लिएका छन् । 

 

मत गणना स्थललाई तारले घेरीएको छ, भने राजनैतिक दलका प्रतिनिधीहरुलाई तार बाहिर बाट हेर्ने तथा बस्ने व्यबस्था मिलाईएको छ । उक्त स्थलमा सुरक्षा व्यबस्था कडा पार्दै सीसी क्यामराबाट समेत निगरानी राखिएको छ ।   

गत मंसिर २१ गते जिल्लाका ९२ वटा मतदान केन्द्र निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । तर सन्धिखर्क नगरपालिका वडा नम्बर ५ वाङ्ला मथुरा निम्न माध्यमिक विद्यालय नेटा मतदान स्थलका (क) र (ख) गरी दुईवटा मतदान केन्द्रको स्थगित भएको हुँदा हिजो मंसिर २३ गते शनिबार पुन: निर्वाचन गराइएको थियो ।

अर्घाखाँची जिल्लाका ९३ वटा मतदान केन्द्रमा सम्पन्न निर्वाचनमा कुल मतदाता संख्या १,३८,३२८ (७१,३५० महिला, ६६,९७८ पुरुष) मा ८९,१०६ मत खसेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी