Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँची वाङ्लाका मेघराज अधिकारीको युएईमा हृदयाघातका कारण निधन

   
1851   पटक पढिएको

बसन्त आचार्य

 

दुवई, युएई  । संयुक्त अरव ईमिरेट्स (युएई) मा अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड ५ वाङ्ला सिउडेनीका मेघराज अधिकारीको मर्निङवाकमा निस्किएका बेला आकस्मिक हृदयाघातका कारण निधन भएको छ ।

 

मंगलबार बिहान दुवईको जबिलाली डिआपी पार्कमा निस्किएका अधिकारीको सडक किनारामा मृत अवस्थामा शब फेला परेको थियो । उच्च रक्तचाप र मधुमेहका बिरामी समेत रहेका अधिकारी युएईको केएम ट्रेडिङ कम्पनीमा स्टोर इन्चार्जको रुपमा कार्यरत थिए । उनी १६ वर्ष देखि युएईमा रहदै आएका थिए । 

 

मृतकको शब दुवईको स्थानिय अल रशिद अस्पतालमा राखिएको छ । घटनाको बारेमा युएईस्थित नेपाली दूतावासलाई जानकारी गराइएको र   अल रशिद अस्पतालको रिपोर्ट आएपछि शव नेपाल पठाउने प्रक्रिया थालिने बताइएको छ ।

 

मृतक मेघराज अधिकारीका श्रीमती र तीन छोरी रहेका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी