Arghakhanchi Bulletin : The Fastest News Publisher

मतदाताले गरे छत्रदेव गाउँपालिकाको डिही-ठाँटीपोखरीको सफाई

   
1147   पटक पढिएको

डिही ठाँटी, अर्घाखाँची २०७३ मंसिर २३, शनिबार । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको पूर्व सन्ध्यामा नेपालका विभिन्न ठाउँ तथा परदेशबाट भोट राख्न भनि गएका युवा र स्थानीय व्यक्तिहरूले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ५ डिही ठाँटीको ऐतिहासिक ठाँटीपोखरी सरसफाई गरेका छन् ।

सागर पन्थी, उपकार शाह, सन्तोष पन्थी, बसन्त पन्थी र प्रकाश पन्थीको अगुवाईमा करिब २० जना युवाहरुले पोखरीको झार र हिलो पन्छाउने काम गरेका थिए ।

 

विगतमा यस्ता पोखरीहरू गाउँघरमा पालिएका बस्तुभाउलाई पानी खुवाउनको लागि बनाइन्थ्यो । त्यति बेला खुब तामझाम सहित यी पोखरीहरूको सफाई र संरक्षण पनि गरिन्थ्यो । 

बसाइसराई, बस्तुभाउ पाल्न छाड्दै जाँदा यी पोखरीहरू जिर्ण हुँदै गएका छन् र सरसफाईमा पनि चासो कम हुँदै गएको छ । अझ बाटो विस्तारले यी पोखरीहरूको मासिने तरखरमा छन् ।

संरक्षणको नाउमा यसको वरिपरी सिमेन्ट लगाउँदा सुन्दरता बढेपनि सिमेन्टको कारणले पानी नअडिने भएकाले यस्ता पोखरीहरू सुख्खा रहने स्थानीयको भनाई छ । अझ घरघरमा पानीको पाइप पुगेका कारण पनि हिउँदमा पोखरीमा पानी कमै जान पाउँछ । 

वर्खाको भल पसेर यी पोखरीको गहिराई पनि हराउँदै गएको छ । सँगै फोहर पनि थुप्रिँदै गएको देखिन्छ । 

 

 

सँगसँगै जलउत्पन्न झारहरूले सुन्दरता ह्रास भएको देखिन्छ । यी पोखरीको झारहरू फालेपनि राम्रो देखिने भएकाले छत्रदेव ५ डिहीका युवाहरूले वर्षेनी यस्तो काम गर्दै आएका छन् ।

गाउँबाहिर रहेको जनसंख्याले गरेका यस्ता कामले गाउँ भित्र र बाहिर रहने दुवै समुहको सम्बन्ध अझ गाढा बन्ने हुँदा पनि यस्ता काम गर्नुपर्ने स्थानिय व्यक्तिहरूको भनाई थियो ।

 

सफाई कार्यक्रमको अन्तमा स्थानीय गिरीराज पन्थी र कमला पन्थीले अभियानमा सम्लग्न सबैलाई चिया र विस्कुट खुवाउनु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी