Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

छत्रदेव गाउँपालिका - ५ केन्द्रमा किरीयापुत्रिले मतदान गरे

   
1101   पटक पढिएको

सन्धिखर्क, अर्घाखाँची  । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ मा रहेको मतदान केन्द्रमा आमाको काजकिरिया गरिरहेका किरीयापुत्रिले मतदान गरेका छन् । 

छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ बहखोरका किरीयापुत्रि गणेश बहादुर रायमाझी, भिम बहादुर रायमाझी, हिरा बहादुर रायमाझी र खड्क बहादुर रायमाझीले मतदान गरेका हुन् । 

उनिहरु चार दिन देखि आमाको किरीयामा बसेका छन् ।  मतदान पछि आमालाई पनि सँगै लिएर मतदान गर्ने मन थियो तर के गर्ने चार दिन अघि आमाको स्वर्गारोहण भयो निकै नराम्रो लागिरको छ बताएे कान्छा भाई खड्क बहादुर रायमाझी । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया