Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

इपिएलका लागि चार उत्कृष्ठ खेलाडी छनौट

   
1156   पटक पढिएको

काठमाडौं,मंसिर १९ – आगामी पुस पहिलो साता हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) का लागि ललितपुर पेट्रियट्सले ४ जना उत्कृष्ठ खेलाडी छनौड गरेको छ । सोमबार राजधानीमा उक कार्यक्रमको आयोजना गरी ललितपुर पेट्रियट्सले ४ जना उत्कृष्ठ खेलाडी छनौट गरिएको जानकारी दिएको हो । छनौट हुनेमा प्रतिश जिसी, सुमित झा, विपिन आचार्य र रित गौतम रहेका छन् ।

उत्कृष्ठ चार खेलाडी छनौटका लागि ललितपुर पेट्रियट्सले इपिएलको निर्देशन बमोजिम कार्तिक २४ र २८ गते दुई चरणमा लोकल ट्यालेन्ट हन्ट आयोजना गरेको थियो । ट्यालेन्ट हन्टमा सहभागी १ सय ५ जना मध्ये पहिलो चरणमा ललितपुर पेट्रियट्सले ३१ ज्ना छनौट गरेको थियो । पहिलो चरणमा छनौट भएका ३१ मध्ये पुनरु सर्टलिष्ट गरेर ४ खेलाडी छनौट गरिएको ललितपुर पेट्रियट्सले जनाएको छ ।

उत्कृष्ट ४ खेलाडीले अब बन्द प्रशिक्षणमा मौका पाउनेछन । बन्द प्रशिक्षणमा सहभागी मध्ये एक खेलाडीले ललितपुरबाट इपिएल खेल्ने मौका पाउने पेट्रियट्सले जनाएको छ । पेट्रियट्सका अनुसार छनोट भएका ति खेलाडी आगामी २६ गतेदेखि क्याम्पमा अन्य खेलाडीसँगै बस्नेछन् ।

इपिएल आगामी पुस ४ गतेबाट हुँदै छ । १२ दिन चल्ने लिगमा १९ खेल हुनेछन् । लिगमा ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने लिगमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पेट्रियट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन्

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया