Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

वर्षमान पुन रोल्पाबाट फराकिलो अन्तरले विजयी

   
2229   पटक पढिएको

२४ मंसिर, रोल्पा । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पुन २० हजार ७४१ मतान्तरले विजयी भएका हुन् ।

पुनले ४० हजार ६४७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत पाएका छन् ।

प्रदेशसभा तर्फ पनि माओवादी केन्द्रका दुबै उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा ‘क’मा कुलप्रसाद केसी ‘सोनाम’ र ‘ख’ दिपेन्द्र कुमार पुन ‘सिजल’ निर्वाचित भएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया