Arghakhanchi Bulletin : The Fastest News Publisher

मैले हारे पनि गठबन्धनले जितेकामा उत्साहित छुः एमाले उपाध्यक्ष गौतम

   
911   पटक पढिएको

मंसिर २४, २०७४-नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताएका छन् ।

 

बर्दिया प्रतिनिधिसभा क्षेत्र नं १ बाट पराजीत भएपछि उपाध्यक्ष गौतमले आइतबार एक विज्ञप्ति जारी गरी गठबन्धनको एउटा प्रमुख सूत्रधारको हैसियतले गठबन्धनले प्राप्त गरेको अपार सफलताबाट ज्यादै हर्षित भएको उल्लेख गरे ।

 

आफू व्यक्तिगत रुपमा पराजीत हुन परे पनि पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन भन्दै उनले जनताले वाम गठबन्धनप्रति देखाएको यो अगाढ प्यार र विश्वासले अत्यन्त उत्साहित बनाएको बताए ।

 

'यो गठबन्धन क्रमशः पार्टी एकतामा रुपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु । यस विषयमा आफूले प्रस्तुत गर्नुपर्ने भूमिका र जिम्मेवारीमा म सधैँ, उत्तिकै र अझ ऊर्जाका साथ लागिपर्ने विश्वास पनि दिलाउन चाहन्छु,' विज्ञप्तिमा भनिएको छ । 

 

एमाले उपाध्यक्ष गौतमले आगामी दिनमा राष्ट्र, राष्ट्रियता र जनताको हितमा सक्रिय रहने प्रतिबद्धता जनाउँदै बर्दिया क्षेत्र नं १ का मतदाता एवं सम्पूर्ण जनतालाई मत दिएकामा आभार व्यक्त गरेका छन् ।

 

गठबन्धनले प्राप्त गरेको अपार विजयले हामी सबैको काँधमा धेरै जिम्मेवारी र चुनौती थपेको उल्लेख गर्दै उपाध्यक्ष गौतमले नेपाली जनताले वाम गठबन्धनप्रति देखाएको अतुलनीय विश्वासलाई रत्तिभर पनि निराश हुन नदिने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी