Arghakhanchi Bulletin : The Fastest News Publisher

टोपबहादुर रायमाझिको नेतृत्वमा माओवादी केन्द्र सरकारमा जाने उपप्रधानमन्त्री सहित गृह रायमाझिलाई:

   
969   पटक पढिएको

पुस ५,२०७४ काठमाडौं ।

 

सरकार गठन कहिले र कसरी गर्ने भन्ने सम्बन्धमा बहस भैरहेका बेला वाम गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्र टोपबहादुर रायमाझिको नेतृत्वमा सरकारमा जाने तर्खर गरेको छ ।

 

यस अघि उप प्रधानमन्त्री तथा उर्जामन्त्री समेत रहेका माओवादी केन्द्रका शक्तिशाली नेता रायमाझि उपप्रधानमन्त्री सहित गृह मन्त्रालय सम्हालेर सरकारमा जाने तयारीमा रहेको स्रोतले जनाएको छ ।

 

केपि ओली सरकारमा रहदा नाकाबन्धीको समयमा समेत प्रधानमन्त्रीलाई साथ र सहयोग गरेका रायमाझि ओलीले रुचाएका नेतामा पर्छन । वाम गठबन्धन र पार्टी समायोजनका लागि भनेर उल्लेखनिय सहयोग गरिरहेका रायमाझि अब बन्ने सरकार र पार्टी समायोजनमा समेत अग्रणी जिम्मेवारी निर्भाह गर्ने बताइएको छ ।

 

पार्टीको दोस्रो तहका नेता नारायणकाजी श्रेष्ठ निर्वाचनमा पराजित भएका कारण रोलक्रमका आधारमा रायमाझिलाई अगाडी सार्न लागिएको बुझिएको छ । उनी प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाचिँबाट ५० हजार ८ सयको फराकिलो मतान्तरले निर्वार्चित हुने प्रभावशाली नेता हुन ।

 

यस अघि लगातार दुइ पटक माओवादी केन्द्रको नेतृत्व गरी कृष्ण बहादुर महरा सरकारमा सहभागी भैसकेका कारण रायमाझिलाई आलोपालो प्रणालीका आधारमा पार्टीको नेतृत्व सहित सरकारमा पठाउन लागिएको हो । 

यसका लागि पार्टी भित्रैबाट प्रचण्डलाई अनौपचारिक सुझाव दिइएको स्रोतले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी