Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

हिमाली भेगमा हिमपातको सम्भावना हुदाँ, के काठमाडौं र तराईमा पनि चिसो बढ्ला ?

   
839   पटक पढिएको

काठमाडौं, पुस १२-हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना सँगै त्यस क्षेत्रमा चिसो बढेको छ ।

पश्चिमी वायुको प्रभावले पश्चिमका धेरै र मध्य क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जानकारी दिएको छ ।

हिमपात भएपनि पानी पर्ने सम्भावना नरहेको जनाइएको छ ।

पश्चिमी वायुको प्रभावकै कारण अहिले तराई भेगमा बाक्लो कुहिरो लागेको महाशाखाले जनाएको छ । कुहिरो दिउँसोको समयमा भने बिस्तारै हट्दै जाने छ ।

यसैबीच काठमाडौं उपत्यकाको तापक्रम बिहान ३ दशमलव ८ डिग्री सेल्सियसमा पुग्दाक्रम दिउँसो १९ देखि २१ डिग्रीसम्म पुग्ने अनुमान महाशाखाले गरेको छ ।

बाक्लो हुस्सु लागेपछि तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।

बाक्लो हुस्सु लागेपनि तराईका क्षेत्रमा शीतलहर भने नचल्ने महाशाखाले जनाएको छ ।

लगातार २ दिनसम्म बाक्लो हुस्सु लागेपछि मात्रै महाशाखाका मौसमविद्ले शीतलहर भएको घोषणा गर्ने गर्छन् ।
तराईमा शीतलहर चलेको भन्ने खबर आए पनि त्यो सत्य नभएको महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार तराईमा केही दिनयता बाक्लो हुस्सु लागेपनि दिउँसको समयमा हट्ने हुदाँ अर्थात् केहि समय हट्ने हुदाँ त्यसलाई शीतलहर भन्न नमिल्ने बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया