Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

श्रीमानको औला काटेर पोलेर खाएको आरोपमा महिला पक्राउ

   
957   पटक पढिएको

 दाङ। दाङमा एकजना महिलाले आफ्नै श्रीमानको औला काटिदिएपछि प्रहरीले पक्राउ गरेको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा १ की ६४ वर्षीया रीसमी महतराले आफ्नौ श्रीमानको चारओटा औला काटिदिएको प्रहरीले जनाएको छ । दाङ प्रहरीले महतराले श्रीमानको औला काटेको पाइएपछि हिरासतमा लिएको जनाएको छ । महतराका पति ६४ वर्षीय चन्द्रबहादुरलाई उपचारका लागि अस्पताल लगिएको छ । 

रिसमीले बुधबार साँझ घरमै पति चन्द्रबहादुरको दायाँ हातका चार औंला हँसियाले काटिदिएको  ५ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी मधु पुडासैनीले बताए । 

बाहखरीसँग कुरा गर्दै एआईजी पुडासैनीले भने, “सधैँ महिरा खाएर हैरान पार्दै आएका श्रीमानले अत्याचारनै गरेपछि यस्तो गर्न पुगेकी हुँ भन्दै बयान दिएकी छन् । बयानमा यसअघिका श्रीमतिलाई पनि अत्याचार गरेपछि छाडेर हिँडेको अनुसन्धानबाट खुलेको छ ।”

बयानमा उनले पतिका औंला काटेपछि पोलेर खाएको बताएकी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया